Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी

 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले २०८४ मा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन्।

शनिवार काठमाडौँमा जडिबुटीमा मेलुङ शैलुङ-काठमाडौं सम्पर्क विभागले आयोजना गरेको बृहत् भेला तथा अन्तरसंवादलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। १९ जना सांसदले अहिलेका बाँकी सांसदहरूलाई चुनौती दिइरहेको भन्दै १९० जना सांसद आउँदा के अवस्था हुन्छ ? भन्दै प्रश्न गरे।

उनले आफूहरू सुशासनको पक्षमा रहेको पनि बताए। उनले संसद्‌मा नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरूको काम रास्वपाका सांसदलाई गाली गर्ने मात्रै भएको जिकिर गरे। रास्वपा प्रमुख प्रतिपक्ष दल नभए पनि प्रमुख प्रतिपक्ष दललाई झैँ आक्रमण भइरहेको बताए।

एमाले र काँग्रेसका नेताहरूले देशको बेथितिको कारण रास्वपा नै हो जस्तो गरेर गाली गर्ने गरेको बताए। सांसद खनालले एमाले र काँग्रेसले विदेशमा बसेर अर्बौं रुपैयाँ पठाउने हरेक मानिसलाई दोषी बनाउँदै विदेश जानु अपराध जस्तो गरिरहेको बताए। अहिले रास्वपाका कार्यवाहक सभापतिले ट्राभल एजेन्सी चलाएर टिकट बेचेछन्, टिकट किनेर मान्छे विदेश गएछन् भन्दै भ्रम फिँजाइरहेको उल्लेख गरे।

खनालले भने, ‘देशको सबै बेथितिको कारण रास्वपा नै हो जस्तो गरेर काँग्रेस, एमालेका नेताहरू हरेक दिन हामीलाई गाली वर्षाउनुहुन्छ। हाम्रो १९ जना देखेर मानिस डराएका होइनन्। १९ को सट्टा अब ०८४ मा १९० हुने भए भनेर ढ्यांग्रो पिट्न थाल्यो। १९० जना रास्वपाका सांसद प्रतिनिधिसभामा हुँदा के हुन्थ्यो होला।’

सांसद खनालले कार्यकर्ताहरूलाई विचलित नभई अघि बढ्न निर्देशन दिए। नेताहरूमाथि जति पनि आक्रमण हुन्छ त्यो नेताहरू सफल हुनुको मानक भएको जिकिर गरे।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP