Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रचण्डलाई सचिव कार्कीले भने : क्रान्तिको नेतृत्व गर्न कार्यकारी पदमा बसिराख्न जरुरी छैन

 

काठमाडौं : नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले अब समाजको नेतृत्व मजदुर, किसान र श्रमजीवि जनताले गर्ने बताएका छन्।

मजदुर, किसान र श्रमजीवि जनताको मुद्दा बोक्ने विचार नै अबको नविनतम राजनिति भएको उनले बताए। हाल संसारभर नै पुँजीपति वर्गले समाजको नेतृत्व गरिहेको उल्लेख गर्दै उनले पुँजीवादको विकल्पमा समाजवादी व्यवस्था आउने र त्यसको नेतृत्व किसान श्रमजीवि वर्गले गर्ने दाबी गरे।

सबैभन्दा नविनतम राजनिति भनेको नै मजदुर किसानको नेतृत्वमा चल्ने राज्य व्यवस्था रहेको उनको भनाइ छ। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अब समाजको नेतृत्व सामान्त वा पुँजीपतिले गर्न नसक्ने दाबी गरे। नयाँ भनेर अरु क्रिम पाउडर लगाएर आएकाहरुको पनि राजनितिमा खासै अर्थ नभएको उनको भनाई छ।

यद्यपि किसान, मजदुरको प्रतिनिधि भन्ने दलहरुले आफ्नो औचित्य पुष्टी गर्न नसकेको खण्डमा भने नयाँ शक्तिको उदय हुने सचिव कार्कीले बताए।

उनले भने, ‘प्रजातन्त्रको वाहक भनेको राजनितिक दलहरु हुन्, यी दलहरुले आफ्नो औचित्य सावित गर्न सकेनन् । हामी मजदुर किसानको प्रतिनिधि भन्छौँ तर उनीहरुको प्रतिनिधि बनेको औचित्य हामीले सावित गर्न सकेनौँ भने अब त्यो खालको रिक्तता रहँदैन, अर्को आउँछ। यो नियम हो। तर हामीलाई प्रतिस्थापन गर्न हामी भन्दा क्रान्तिकारी विचारधारासहित आउनुपर्छ। हावा कुरा गरेर, लक्ष्य बिनाका कुरा गरेर, रणनिति बेगरका कुरा गरेर, स्टन्ट गरेर आउनेहरुले चाहीँ हामीलार्ई प्रतिस्थापन गर्न सक्दैनन्। यदी त्यस्तो प्रतिस्थापन कहीँ भयो भने त्यो दुर्भाग्य हुनेछ।’

उनले माओवादी पार्टीले २०६३/२०६४ पछि पार्टीलाई जुन कार्र्यदिशामा लैजानुपर्ने हो त्यतातिर लैजान नसकेको बताए। सचिव कार्कीले पार्टीले मजदुर किसानको राजनितिक वर्चश्व हुने खालको एउटा नयाँ कार्यदिशा, रणनिति अगाडी सार्नुपर्ने थियो। तर आफूहरु सतही कुरामा नै रुमल्लिएर बसेको बताए।

सोही कारण जनता, मजदुर, किसानलाई माओवादी पार्टी पनि पुरानै संसदीय व्यवस्थावादी पार्टी भएको भन्ने भान परेको उल्लेख गरे।

उनले भने, ‘हामीले मजदुर किसानको राजनितिक वर्चश्व हुने खालको एउटा नयाँ कार्यदिशा, नयाँ रणनिति अगाडी सार्नुपथ्र्र्यो, त्यो सार्नको लागी शास्त्रीय अर्थमा भन्दाखेरी हामीले लेलिन र रोजा, ग्राम्छी र चे ग्वाभारा जस्ता माक्र्सवाद माथी योगदान गर्ने नेताहरुलाई यहाँ ल्याउनपथ्र्यो। तर हामी कहाँ के बहस भयो भन्दाखेरी विद्रोह गर्ने कि संविधान लेख्ने भन्ने असाध्यै सतही कुरामा हामी अल्मलियौँ। हामीले एउटा नयाँ बाटो दिनुपथ्र्यो। हामीले जुन युद्ध गरेर आएका थियौँ, सेना, जनसेना, जनसत्ता, सर्वहारा अधिनायकत्व भन्ने कुराहरु चाहीँ फेरेपछि अब मजदुर किसानको राजनिति वर्चश्व कायम गर्ने खालको अर्र्को लार्ईन लिनपथ्र्यो । त्यो लाईनमा स्वभाविक रुपमा हामी चुक्यौँ।’

सबैभन्दा बढी महत्व अक्षर, ज्ञानलाई दिनुपर्र्नेमा माओवादी पार्टी त्यसमा चुकेको उनको भनाइ छ। युग अनुकुल, समय अनुकुलको कार्यदिशा विकास गर्न नसकेको उल्लेख गर्दै उनले त्यो कार्यदिशा विकास गर्न कुनै छलफल नै हुन नसकेको बताए।

नेपाल १९९० देखि नै विश्व पुँजीबादी प्रणालीमा बाँधिएकोले यहाँका उद्योग, कलकारखाना सबै निजीकरण भएको उनको दाबी छ। स्वास्थ्य, शिक्षा जस्तो कुरालाई निजीकरण गरिएर व्यापारको विषय बनाईएको उनले बताए। राजनितिक पार्टी खासगरी नेकपा एमालेको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यको व्यापारमा गएको उनको आरोप छ। समाजवादको बीज अंकुरण हुने ठाउँ शिक्षा र स्वास्थ्य नै व्यापारमा गएको उनले बताए। नेपालको शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने कम्युनिष्ट पार्टीभित्रैबाट ठूलो प्रतिवाद हुने उनको भनाई छ।

यहाँको शिक्षा, स्वास्थ्य, कृषि प्रणालीलाई फेर्नमा आफूहरु चुकेको उनले बताए । नेपालको कृषि अहिले उत्पादक र उपभोक्ताको बीचमा दलालतन्त्र बनेको उनको भनाई छ। त्यो दलाल तन्त्रलाई भत्काउन सजिलो नभएको उनले बताए।

पार्टी विघटन गर्न सकिएन भने पुनःगठन हुँदैन

माओवादी सचिव कार्कीले पार्टीलाई विघठन गर्न सक्नुपर्ने बताएका छन्। पार्टीको, सत्ता सबै कुराको निश्चित आयु हुने भएकोले पार्टीलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्ने उनको भनाई छ। पार्टीलाई आवधिक र आंशिक रुपमा विघटन गर्न सक्नुपर्ने भन्दै उनले विघठन गर्न सकिएन भने पुनःगठन गर्न नसकिने बताए।

पार्टीलार्ई विघटन गरेर नयाँ कार्यदिशा दिनुपर्नेमा उनको जोड छ। कार्र्यदिशाको मूल केन्द्रमा मजदुर र किसानलाई राखेर उनीहरुको पक्षपोषण हुने खालको कार्यदिशा लिएर अगाडी जान सकिएमा पार्टी रिभाईबल हुने उनको भनाई छ। कम्युनिष्ट आन्दोलनमा यस्तो हुने उनले बताए।

महाधिवेशनमा पार्टी विघटन भएपछि त्यसलाई फेरि नयाँ शिराबाट पुनःगठन गरेर अगाडी बढ्नुपर्नेमा उनको जोड छ। यो प्रक्रिया अपनाउन सकिएन भने महाधिवेशन पनि चण्डी, रुद्री, सत्यनारायणको पूजा लगाएजस्तो मात्रै हुने उनको भनाई छ। कर्मकाण्डी महाधिवशेन, सम्मेलन, बैठकको कुनै अर्थ नहुने उनले बताए। आलोचनात्मक चेत कुण्ठित भए त्यो अगाडी बढ्न नसक्ने उनको भनाई छ। उनले हाल पार्टीभित्र भइरहेको अन्तरविरोध राम्ररी बाहिर आउन नसकेको बताए।

कार्यकारी भुमिकामा निरन्तर रहनुहुँदैन

उनले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्नेमा जोड दिए। खास उमेरमा पुगेपछि, अनुभव गरिसकेपछि पनि कार्यकारी भुमिकामा रहनु उचित नहुने उनको भनाई छ।

क्रान्तिको नेतृत्व गर्न, अगुवाई गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी नभएको उनले बताए। युवा नयाँ उत्साह भएकाहरुलाई पदाधीकारी ल्याउनुपर्नेमा उनले जोड दिए। वैचारिक रुपमा, राजनितिक रुपमा अगुवाई गर्ने गरी संगठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक रहेको उनको भनाई छ। उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई हटाएर मात्रै पनि समस्याको समाधान नहुने बताए। एउटा व्यक्तिलाई मात्रै फेरेर केही नहुने भन्दै उले पूरै कार्यदिशा, रणनिति र नेतृत्व फेर्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘अब एउटा खास उमेरमा पुगेपछि, खास अनुभव गरिसकेपछि हामीले अर्को रोलमा जानुपर्छ हामीले अर्को भुमिका निर्वाह गर्नुपर्छ हामी कार्यकारी भुमिकामा रहनु हुँदैन। ठीक छ, क्रान्तिको नेतृत्व गर्ने, अगुवाई गर्ने तर त्यसको निम्ति पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन। जसले ईतिहासमा एउटा भुमिका खेलिसकेको छ त्यो भुमिका खेल्नेहरुले अब पदाधिकारी बनिरहन पर्दैन। पदाधिकारी चाहीँ हामी युवालाई, नयाँ उत्साह भएकाहरुलाई ल्याउन सक्छौँ। हामीले वैचारिक रुपमा, राजनितिक रुपमा अगुवाई गर्नसक्छौँ नेतृत्व दिनुसक्छौ। त्यसको निम्ति अब संगठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक छ।’

पार्टीको कार्यदिशा, रणनिति, नेतृत्व सवै क्रान्तिकारीकरण हुनुपर्ने उनको भनाई छ। यस्तै उनले पारदर्शीता हुनुपर्नेमा जोड दिए। प्रजातन्त्र र समाजवादसँग पारदर्शी शब्दको अविभाज्य सम्बन्ध रहेको उल्लेख गर्दै उनले हाम्रो जीवन लुकेको छ भने जनताले शंका गर्ने बताए।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP