Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रधानमन्त्रीलाई निम्तो दिन आएका भारतीय विदेशसचिव आज फर्किँदै

 

काठमाडौँ : दुई दिने नेपाल भ्रमण सकाएर भारतीय विदेशसचिव विक्रम मिस्री सोमबार स्वदेश फर्किंदैछन्। आइतबार काठमाडौं अएका मिस्रीले आज पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किने तालिका रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

मिस्रीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए। ओली प्रधानमन्त्री बनेको १४ महिनापछि भारतले भ्रमणको औपचारिक निम्तो पठाएको हो । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र विदेश सचिव अमृतबहादुर राईसँग भेट गरेका थिए।

राणासँगको भेटका क्रममा उहाँले द्वीपक्षीय मुद्दाहरुको समीक्षा गर्नुभएको थियो । सचिव राईसँगको भेटमा द्विपक्षीय ‘कनेक्टिभिटी’, व्यापार र विकास सहयोगलगायत विस्तृत मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव दोस्रोपटक नेपाल भ्रमणमा आएका हुन्।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP