Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति

 

 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पुर्‍याएको नेपालको जैविक विविधता संकटमा रहेको बताएका छन्।

सोमवार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पुर्‍याएको बताए।

उनले अहिले नेपालसहित हिन्दुकुश हिमालय देशहरु संकटासन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताए। उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण अब केबल वैज्ञानिक प्रतिवेदनमा सीमित नभइ दैनिक जीवनको कठोर यथार्थ बनेको जिकिर गरे।

हिन्दुकश हिमालय क्षेत्रको भुगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसरका रुपमा आफूले सम्मेलनलाई लिएको विश्वास व्यक्त गरे। विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियससम्म सीमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिवद्धता पूरा गर्न सम्बन्धित पक्षहरूले आफ्नो आफ्नो ठाउँबाट योगदान पुर्‍याउनु आजको आवश्यकता भएको बताए।

उनले हिमालय क्षेत्रमा तापक्रम औषत भन्दा धेरै वृद्धि भएको बताए। उनले नेपाल जैविक विविधताका दृष्टिले धनी रहेको उल्लेख गर्दै विश्वका दुर्लभ वनस्पति र जनावरको बासस्थान नेपालमा रहेको बताए।

राष्ट्रपति पौडेलले जैविक विविधता संरक्षणका लागि राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण र स्थानीय समुदायसँगको सहकार्य प्रशंसनीय रहेको बताए। वैज्ञानिक तथ्य र जनआवाजलाई आधार मानेर जलवायु जैविक विविधता र वायु प्रदूषणसम्बन्धी समय सापेक्ष, जनमुखी र कार्यान्वयनयोग्य नीति तर्जुमा गर्न जरुरी रहेको बताए।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP