Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

उपसभामुख रानामाथि महाअभियाेग लगाउन खाली कागजमा हस्ताक्षर संकलन गर्दै कांग्रेस–एमाले

 

काठमाडाैं : उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारुढ कांग्रेस र एमालेले आन्तरिक तयारीमा लागेका छन्। सोही प्रयोजनका लागि दुबै दलले सांसदहरूलाई बोलाएका छन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरू पुग्ने क्रम जारी छ । प्रमुख सचेतकको कार्यकक्षमा धमाधम हस्ताक्षर भइरहेको र आफूले पनि खाली कागजमा हस्ताक्षर गरेर आएको एक सांसदले जानकारी दिए। ती सांसदले भने, ‘मैले पनि भर्खर हस्ताक्षर गरेर आएँ । खाली पेपरमा हस्ताक्षर संकलन गरिँदैछ।’

यस्तै नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई दिउँसो २ बजेभित्र संसदीय दलको कार्यालयमा अनिवार्य उपस्थित हुन भनेको छ । प्रमुख सचेतक श्याम घिमिरेका अनुसार त्यसअघि अहिले सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसिरहेको छ । सांसदहरूलाई बोलाएर कांग्रेसले समेत हस्ताक्षर गराउने तयारी गरेको छ ।

सत्तारुढ दलहरुले उपसभामुख रानालाई हटाउने निर्णायक तयारी सुरु गरेका हुन् । उपसभामुख रानाले अमेरिका जाने भिसामा सहजीकरण गर्न अर्न्तवार्ताका लागि आफूसहित पाँच जनाका लागि दूतावासलाई पत्र लेखेको विषयमा प्रश्न उठ्दै आएको छ ।

रानाले पदीय आचरण विपरीतका काम गरेको भन्दै नैतिकताको प्रश्न उठाएर महाभियोगसम्मको तयारीका लागि हस्ताक्षर संकलन थालिएको हो । अहिले संवैधानिक परिषद्मा कांग्रेसको सहभागिता छैन ।

यसअघि गतवर्ष समेत कांग्रेसलाई उपसभामुखको भाग दिएर परिषद्मा ल्याउन रानालाई हटाउने खेल सुरु भएको थियो । तर, सत्तारुढ सांसदकै असहमतिका कारण सफल हुन सकेको थिएन । यसपटक भने उनीहरुले दुई तिहाई जुटाउन एकीकृत समाजवादी लगायत दलहरूसँग समेत सहयोग मागेको बुझिएको छ ।

एकैपटक दुई ठूला दलले सांसदहरूलाई आकस्मिक रुपमा बोलाएपछि प्रतिपक्षीहरु सशंकित बनेका छन् । उपसभामुख आबद्ध रहेको दल रास्वपाले औपचारिक रुपमा कुनै प्रतिक्रिया भने दिन मानेको छैन ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP