काठमाडाैं : नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन आवश्यक परेकोले प्रतिक्रिया अघि बढाइएकाे बताएका छन्। सिंहदरवारमा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यसैका लागि हस्ताक्षर गरिरहेकाे पनि स्पष्ट पारे।
‘अहिले आवश्यकता पर्यो। अहिले हटाउन सुरु गर्याैं’, पत्रकारहरूसँग सासद थापाले भने, ‘हस्ताक्षर गर्न दलले निर्देशन दियो। हस्ताक्षर गर्याैं।’
यस्तै नेकपा एमालेका सांसद राजेन्द्र राईले पनि उपसभामुख रानामगरलाई हटाउने प्रक्रिया सुरु भएको बताएका छन्। सिंहदरबारमा पत्रकारहरूसँगकै कुराकानीमा उनले यस्तो बताएका हुन्।
कांग्रेस र एमालेका सांसदहरूले रानालाई हटाउन हस्ताक्षर नै सुरु गरिसकेका छन्। संविधानकाे धारा ९१ ग तथा प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखलाई पद अनुकूल आचरण नगरे हटाउने सकिन्छ।
साेही अनुसार उपसभामुख रानाले आफूसहित ५ युवाहरूलाई भिसाको अन्तर्वार्ताका लागि शीघ्र समय उपलब्ध गराउन उपसभामुखकै लेटरप्याडबाट अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्। त्यसलाई पद प्रतिकूलकाे आचरण ठहर गर्दै कांग्रेस–एमाले हटाउन लागेका हुन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया