काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। बिहीवार संसदमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले उठाएको संविधान संशोधनको विषयबारे लक्षित गर्दै उनले संसदको अहिलेको शक्ति सन्तुलनले पार लगाउने स्थिति देखिएपछि संविधान संशोधनको कार्य अघि नबढाइएको स्पष्ट पारे। उनले तत्काल निष्कर्षमा पुर्याउन नसकिने कुराहरू बहसमा ल्याएर छोड्ने कुरा राम्रो नहुने भएकाले आन्तरिक रुपमा गृहकार्य गरेर मात्रै संविधान संशोधनको विषय अघि बढाउन आवश्यक हुने उल्लेख गरे।
उनले वर्तमान सरकारको उद्देश्य संघीयतालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि लैजानु रहेको बताए। कतिपय विषयवस्तुमा सिंगो देशलाई लैजाने तर संसदबाट पारित गर्न नसक्ने अवस्था भए त्यसका नाममा मुलुकमा अर्को फेरि अनावश्यक ध्रुवीकरण सिर्जना हुने बताए।
प्रमुख सचेतक बर्तौलाले राजनीतिक संघीयता ठिक ढंगबाट कार्यान्वयनमा पुर्याउन सकिएको बताए। जनताको जीवनसँग जोडिएर सरकारले काम गर्नुपर्ने बताए। सांसदहरू विधायिकी कार्यमै बढी जोडिनुपर्ने जरुरी रहेको बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया