काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै राजनीति छोड्दा गर्ल्यामगुर्लुम हुने के छ? भन्दै प्रश्न गरेका छन्।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन्।
नेपालमा कुनै राजनीतिक दलका नेताले मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लुम झर्छ जस्तो लाग्छ भन्ने अभिव्यक्ति दिएका भन्दै उनले पृथ्वी नै बोकेको जस्तो के छ? भनेर प्रश्न गरे।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले छोड्दा सबै गर्ल्यामगुर्लुम ढल्ने हो की जस्तो लाग्ने गरेको टिप्पणी गरेका थिए।
राजनीतिक दलहरूमा पुस्तान्तरण नहुने भन्दै पुस्तान्तरण राजतन्त्रमा मात्रै हुने उनको भनाइ छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया