Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

समृद्धिको बाधक बन्यो बेथिति, अन्त्य गरौँ : राष्ट्रपति पौडेल

 

 

सङ्खुवासभा : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिएका छन्।

मादी माध्यमिक विद्यालय सङ्खुवासभाको हीरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए।

उनले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधिमैत्री र अनुसन्धान/अन्वेषण लक्षित बनाउन पाठ्यक्रम, सिकाइ पद्दति र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताए।

“गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतःउद्यमशीलतासँग जोड्नुपर्दछ। शिक्षा, स्वास्थ्य, रोजगारीलगायत मानिसका आधारभूत आवश्यकताका क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्दछ”, राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार भएकाले शिक्षालाई सीप विकाससँग जोडेर लगानी गर्नुपर्ने धारणा राखे। राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरुप तीव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय, समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको उनको भनाइ छ।

“कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र औधोगिकीकरण गर्ने किसिमको शिक्षा प्रदान गर्नुपर्छ। समयसापेक्ष पाठ्यक्रम र पठनपाठनको वातावरण सृजना हुनुपर्दछ”, राष्ट्रपति पौडेलले भने। उनले स्वदेशमा बसेर मुलुक र आमनागरिकका लागि केही गरौँ भन्ने सृजनशील जनशक्ति उत्पादन हुनुपर्ने आवश्यकता औँल्याए।

राष्ट्रपति पौडेलले दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशका विकास, निर्माण तथा स्वरोजगारका क्षेत्रमा आबद्ध गर्न व्यावसायिक वातावरण सुधार गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

“यसका लागि श्रमको सम्मान गर्ने संस्कृति विकास गर्नुपर्छ। सीप विकासमार्फ गाउँमा रोजगारी र आम्दानीको वातावरण सृजना गरी विदेश पलायन भइरहेका युवालाई स्वदेशमा रोक्ने वातावरण निर्माण गर्न सकिन्छ। यसका लागि सीपमूलक शिक्षा आजको आवश्यकता हो”, उनले भने।

राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो बलिदान, त्याग र सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उल्लेख गर्दै यो व्यवस्थामार्फत समान रूपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो राजमार्गमा हाम्रो मुलुक अघि बढ्दै गएको धारणा राखे।

पछिल्लो समय आफ्नो भाग्य र भविष्य आफैँले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेका उनको भनाइ छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP