Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गोरा मात्रै नेपाली होइनन् : सांसद यादव

 

 

काठमाडौँ : नेपाली काँग्रेसकी सांसद नागिना यादवले गोरा मात्रै नेपाली होइनन् भनी टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन्।

उनले कवाड व्यवसायीहरू गत सोमवारदेखि सडक आन्दोलनमा रहे पनि सरकारले उनीहरूका माग सम्बोधन नगरेको भन्दै आपत्ति जनाइन्। सांसद यादवले काठमाडौँ महानरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डले रङ्गभेदी भेदभाव गरेको भन्दै खेद व्यक्त गरिन्।

उनले एसएसपी पाण्डेले गोरा मात्रै नेपाली हुन् काला होइनन् भनी दिएको अभिव्यक्ति निन्दनीय रहेको बताइन्।

यादवले भनिन्‚ ‘काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुखले नेपाली गोरा मात्रै हुन् काला नेपाली होइनन् भनेर कवाडी व्यवसायीहरूलाई भनेको अभिव्यक्ति खेदजनक छ। रङ्गले नेपाली हुने होइन जन्मको आधारमा आफ्नो परिचयले नेपाली हुने हो। यस्ता अभिव्यक्तिप्रति उहाँले माफी माग्नुपर्छ।’

उक्त अभिव्यक्तिप्रति महानगर प्रहरी प्रमुख पाण्डेले माफी माग्नुपर्ने यादवको माग छ ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP