रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।
नगरप्रमुख मुसलमानको करिब ७० बर्षको उमेरमा आज शनिबार करिब ९ बजे हृदयघातका कारण मृत्यु भएको उपप्रमुख कल्पना हरिजनले पुष्टि गर्नुभयो ।
उपप्रमुख हरिजनले नगरप्रमुखको असामयिक निधनले सम्पूर्ण नगरवासी स्तब्ध बनेको बताउनुभयो ।
नगरप्रमुख मुसलमान स्थानीय विकास र जनसरोकारका मुद्दामा सक्रिय नेतृत्वकर्ता मानिन्थे । उनका योजनागत काम र नगरलाई पर्यटकीय दृष्टिले प्रवर्द्धन गर्ने पहललाई नगरवासीले उच्च मूल्याङ्कन गर्दै आएका थिए ।
मुसलमानको हृदयघातका कारण शनिबार बिहान निधन भएको नगरपालिकामा परामर्शदाता तुलसीराम लामिछानेले जानकारी दिए ।
गत निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखमा विजयी भएका थिए । उक्त निर्वाचनमा मुसलमानले जनमत पार्टीका सीके गुप्तालाई पराजित गरेका थिए ।
स्थानीय युवा करण पाण्डेका अनुसार बिहान मुसलमानको छातीमा समस्या देखिएपछि परिवारले उपचारका लागि चिकित्सकसहित भैरहवास्थित अस्पताल लैजाने क्रममा भैरहवा–लुम्बिनी सडक अन्तर्गत महजिदिया नजिक मृत्यु भएको पाण्डेले जानकारी दिए ।वैखरी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया