Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

 

 

तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्नेमा जोड दिएका छन्।

नेवाः देय् दबु गण्डकी प्रदेश समितिको आयोजनामा आजदेखि तनहुँको भिमाद नगरपालिका–६ भीमाद रङ्गशालामा सुरु प्रदेशस्तरीय लाखे नाच प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले धर्म, संस्कृति जोगाउनु सबैको दायित्व भएको उल्लेख गरे।

गण्डकी प्रदेश संस्कृतिमा धनी रहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले भाषा, कला, संस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मुख्यमन्त्री पाण्डेले लाखे नाच प्रतियोगिताले यसको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

पछिल्लो समय मौलिक संस्कृति लोप हुँदै गएकाले संस्कृति जगेर्नाका लागि लाखे नाच प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष मथुराकृष्ण श्रेष्ठले जानकारी दिए।

उनले भने, “संस्कृति संरक्षण गर्दै भावी पुस्तालाई यसको हस्तान्तरण गर्नु अपरिहार्य भइसकेको छ। अहिलेका पुस्ताले मौलिक संस्कृतिप्रति चासो नदेखाउँदा लोप हुन सक्छ।”

प्रतियोगितामा गण्डकी प्रदेशका नौ जिल्लाबाट सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एक हजार एक सय ११, द्वितीय हुनेलाई ६१ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।

लाखे नाच नेवार समुदायको परम्परा भएकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए। उनले भने, “विगतमा लाखे नचाउँदा छुट्टै उत्साह हुन्थ्यो, अहिले यो प्रचलन क्रमशः घट्दै जान थालेको छ। यसको संरक्षणका लागि प्रयास गरेका हौँ।” थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP