काठमाडौँ : नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले उखु किसानका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्। उनले कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी भएको बताए। उखु किसानको बक्यौता भुक्तानी, सरकारी अनुदान पूर्ववत् राख्न तथा मल आपूर्ति गर्न माग गरे।
केसीले भने, ‘सभामुख महोदय कृषिप्रधान देशका किसानहरू निरन्तर समस्यामा छन्। उखु किसानहरू भुक्तानी ढिलाइ, सरकारी अनुदान कटौती, कम मूल्य र मलको अभावले धर्नामा छन्। तत्काल माग सम्बोधन होस्।’
उनले बाढी पहिरोबाट विभिन्न ठाउँमा नागरिकले ज्यान गुमाइरहेको भए पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया