काठमाडौँ : नेपाली काङ्ग्रेसका उपसभापति पूर्व कानुनमन्त्री धनराज गुरुङले सामाजिक सञ्जालले नेपालको कानुन मान्नुपर्ने बताएका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको शुक्रवारदेखि प्रधान कार्यालयमा सुरु भएको विशेष अधिवेशनलाई सम्बोधन गर्दै उनले कानुन सबैले मान्नुपर्ने बताए। “सानो चिया पसल चलाउँदा दर्ता गर्नुपर्ने यत्रो सामाजिक सञ्जाल सञ्चालन गर्दा दर्ता गर्नुपर्दैन?”‚ उनको प्रश्न थियो।
पछिल्लो समय नेताहरू स्टन्टको पछि लागेको उल्लेख गर्दै स्टन्ट गरेर दीर्घकालीन समस्याको समाधान नहुने बताए।
सामाजिक सञ्जाल टिकटकको उदाहरण दिँदै उनले केही महिना लागि बन्द भएको टिकटक दर्ता भएपछि पुनः चलेको उल्लेख गरे। “म कानुनमन्त्री भएकै बेला नेपालमा टिकटक बन्द भएको थियो, दर्ता भएपछि पुनः सञ्चालन भयो”‚ उनले भने। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया