काठमाडाैं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरूको आलोचना गर्दै राम्रा कामहरूलाई जनतासमक्ष पुर्याउन आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औं वार्षिक साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री पाैडेलले सेजनसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताए। उनले सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयहरूमा सहयोग गर्दै आएको पनि बताए।
उनले भने, ‘सेजनसँग वास्तवमा मन्त्री, नेतालाई तानेर लिएर आउने, आफ्ना कुरा सुनाउने ल्याकत, त्यो हैसियत सेजनसँग छ। सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गरिरहेको छ। सामान्यतया मान्छेलाई आलोचना सुन्न मन लाग्दैन, प्रशंसा सुन्न मन लाग्छ । सरकारले गरेका राम्रा कामहरू देख्नुभयो भने त्यसलाई पनि जनतासामु सम्प्रेषित गरिदिनुस् ।’
पाैडेलले मानिसहरूलाई आफ्नो प्रशंसा मात्रै सुन्न मन हुने भन्दै अहिलेको सरकारले आफ्नो आलोचना पनि सुन्ने ल्याकत राख्ने जिकिर गरे। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया