ललितपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमाथिकाे छलफल सुरु भएकाे छ। महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा प्रतिनिधिहरूलाई दश समूहमा विभाजन गरेर सबै प्रतिवेदनमाथि छलफल थालिएकाे हाे।
सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक गरी दश समूह बनाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले जानकारी दिए। यी समूहले राजनीतिक, साङ्गठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव तथा केन्द्रीय आयोगबाट प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल गर्नेछन्।
विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीकाे सदस्यता राेक्न नहुने मागसहित प्रस्तुत भएकाे फरक प्रस्तावमाथि पनि छलफल हुनेछ। ललितपुरको गोदावरीमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका विधान महाधिवेशन शनिबार पनि जारी छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया