Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जेन-जीकाे अडान– संसद विघटन र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित

 

काठमाडाैं : जेन-जीले संसद विघटन हुनैपर्ने अडान दाेहाेर्‍याएकाे छ। साथै उसले निर्णय प्रक्रियामा आफूहरूकाे सहभागिता सुनिश्चित गरिनुपर्ने बताएकाे छ।

जेन-जीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले सामाजिक सञ्जालमार्फत यी दुई सर्तमा आफूहरू दायाँबायाँ नहुने स्पष्ट पारेकाे हाे। उसले भनेकाे छ, ‘हाम्रो अबको प्रमुख एजेन्डा संसदको विघटन र निर्णय प्रक्रियामा जेन-जीको सहभागिता सुनिश्चितता हो।’

जेन-जीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ। उनले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त बनाएकी छन्।

कार्कीले जेन-जीको माग, मर्म र भावना अनुसारको मार्गचित्रमा काम गर्न नपाउने हो भने आफू प्रधानमन्त्री नबन्ने अडानसमेत राखेकाे बताइएकाे छ।

तर राष्ट्रपति रामचन्द्र पाैडेल र अहिले संसदमा भएका अधिकांश दलहरू भने यसकाे विपक्षमा छन्। आजै मात्र सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले लिएको अडानमा समर्थन जनाएका छन्।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP