Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मितेरी पुल दशैँअघि निर्माण हुने

 

रसुवा : नेपाल-चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दशैँअघि सम्पन्न हुने भएको छ।

रसुवागढीस्थित सीमा सुरक्षाकर्मीका अनुसार नेपाल र चीनलाई जोड्ने सो बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढङ्गबाट काम गरिरहेकाले यही दशैँअघि नै पुल तयार हुने भएको छ ।

आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनिया पक्षले नेपालतर्पmको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको हो। उसले केही दिनअघि मात्र ल्हेन्दे खोलामा हिमपाइप राखेर आवतजावतमा सहज बनाई जग खन्ने उपकरण नेपालतर्फ ल्याएको थियो।

दिनहुँजसो हुने गरेको झरी-वर्षाका कारण ल्हेन्दे खोलामा पानीको बहाव बढी बिच्छ्याइएका हिमपाइपभन्दा माथिबाट पानी बग्न थालेपछि निर्माण सामग्री ढुवानीमा अवरोध सिर्जना भई काममा बाधा पुगेको फिल्ड सुपरभाइजरले स्पष्ट गरेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले दूरीका हिसाबले सङ्घीय राजधानीबाट सबैभन्दा नजिकको रसुवागढीस्थित मितेरी पुल निर्माण वर्षाका कारण प्रभावित भए पनि चिनिया पक्षको काम गराइको रफ्तारलाई हेर्दा दसैँअघि नै पुल निर्माण भई चीनतर्फको आवतजावत सहज हुने अपेक्षा गरिएको बताए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP