Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कार्यतालिका सार्वजनिक गरेको आयोगले आवश्यक तयारीबारे छलफल

 

काठमाडौँ : निर्वाचन आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दैछन्। फागुन २१ गतेका लागि हिजो कार्यतालिका सार्वजनिक गरेको आयोगले आवश्यक तयारीबारे छलफल गर्न लागेको हो।

दिउँसो ३ बजे सिंहदरबारमा छलफल तय भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। उहाँका अनुसार मतपेटिका र मतपत्र लगायतका सामाग्रीहरु आयोगसँग जगेडा छन्। त्यसबाहेक नयाँ खरिद गर्नुपर्ने सामाग्रीहरुको आन्तरिक विश्लेषण आयोगले गरिरहेको छ । त्यसभन्दा पनि बढी दलहरुसँगको समन्वय चुुनौतीपूर्ण बनेको छ ।

घिमिरेका अनुसार छिट्टै सर्वदलीय बैठक बोलाउनेबारे आयोगमा तयारी भइरहेको छ । त्यही बैठकमार्फत् दल र सरकारबीचको संवादहीनतासमेत तोड्नेगरीको तयारी भइरहेको छ। यसबारे समेत आजको बैठकमा थप छलफल हुनेछ। आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने नयाँ दलले कात्तिक ३० गतेभित्र दर्ता भएको प्रमाणपत्र लिइसक्नुपर्नेछ । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भने मंसिर १ देखि १० गतेसम्म तय गरिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण संसद विघटन भएपछि फागुन २१ गते मध्यावधि निर्वाचन घोषणा गरिएको थियो।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP