Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

किसानले ७० रुपैयाँ अनुदान माग गरेकाले तदनुसार भुक्तानी

 

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रतिक्विन्टल प्रोत्साहन रकम ७० रुपैयाँ दिने बताएका छन्। गत वर्ष ७५ रुपैयाँ दिने भनिए पनि ३५ रुपैयाँ मात्रै दिइएको थियो।

मन्त्रालयमा बुधवार भएको कृषि पत्रकारहरूसँगको अन्तरसंवादमा उनले यस्तो बताएका हुन्। उनले किसानलाई प्रतिक्विन्टल ७५ रुपैयाँ अनुदान दिने भनेर ७० रुपैयाँ दिने गरेको र गतवर्ष ३५ रुपैयाँ मात्रै प्रोत्साहन रकम दिएको उनले जानकारी दिए।

किसानको रकम कटौती हुनुको कारण आफूलाई थाहा नभएको उनले बताए। किसानले ७० रुपैयाँ अनुदान माग गरेकाले तदनुसार भुक्तानी गर्ने उनले जानकारी दिए।

उनले दुग्ध विकास संस्थानले किसानलाई ५३ करोड रुपैयाँ बुझाउन बाँकी रहेको बताए। दशैँअघि ८३ करोड भुक्तानी गर्न बाँकी रहेकोमा हाल ३० करोड भुक्तानी भएको उनले स्पष्ट पारे। उनले किसानले आफूलाई दूधको पैसा कहिले तिर्नुहुन्छ? भनेर म्यासेज गर्ने गरेको बताए।

मन्त्री परियारले भने‚ ‘मन्त्री भएको भोलिपल्ट किसानले दूधको पैसा कहिले तिर्नुहुन्छ ? भन्नुहुन्छ। यस्तै अर्को समस्या उखु किसानको छ। प्रोत्साहन स्वरूप भनेर प्रतिक्वीन्टल ७५ रुपैयाँ भनेर सरकारले ७० रुपैयाँ दिइरहेको रहेछ। गत वर्ष त्यसलाई घटाएर ३५ रुपैयाँमा झारे। किसानहरूको माग ३५ रुपैयाँ किन घटाइयो हामीलाई ७० रुपैयाँ चाहियो भन्ने छ। किसानहरूको मर्का त हामीले बुझ्नुपर्‍यो नि।’

मन्त्री परियारले कृषि तथा पशु बीमा गर्ने, किसानलाई तरकारी तथा फलफूलको उचित मूल्य दिने, चिया तथा कफी उत्पादनमा प्रोत्साहन गर्ने लगायतका कार्य मन्त्रालयको प्राथमिकतामा रहेको बताए।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP