Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदातालाई सहभागी गराउने

 

काठमाडौँ : विदेशमा रहेका मतदाताहरूलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका माग राखी जेनजी अभियन्ताले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन्।

शुक्रवार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर उनीहरूले विदेशमा रहेका मतदातालाई पनि निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोग पदाधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।

रोजगारीको खोजीमा विदेशिन बाध्य मतदातालाई निर्वाचनमा भाग लिने अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाइएको जेनजी अभियन्ता शिव यादवले बताए। उनले निर्वाचनको तयारीको बारेमा पनि आयोगसँग जानकारी लिइएको बताए।

यादवले भने, ‘रोजगारीको अभावका कारण धेरै युवा साथीहरू देश छोड्न बाध्य हुनुहुन्छ। अब आउने निर्वाचनमा विदेशमा भएका नेपाली नागरिकलाई पनि मतदानमा जसरी पनि सहभागी गराउनुपर्छ।’

जेनजी अभियन्ताले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन पनि आयोगलाई सचेत गराएका थिए। यता कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेको मतदातालाई आगामी निर्वाचनमा सहभागी गराउन आयोग लागिपरेको बताए।

उनले निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदातालाई सहभागी गराउने संवैधानिक अधिकार कार्यान्वयनमा ल्याउने गरी ऐनको मस्यौदा सरकारलाई बुझाएको र सरकारले त्यो चाँडै सम्बोधन गर्ने विश्वास व्यक्त गरे।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP