काठमाडाैं : राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवाहरूबीचकाे छलफल स्थगन भएकाे छ। राष्ट्रपति पाैडेल अस्वस्थ भएपछि शनिबारका लागि तय भएकाे छलफल स्थगन गरिएकाे स्राेतले जनाएकाे छ।
साथै जेनजीका प्रतिनिधिबीच छलफलमा काे–काे सहभागिता हुने भन्ने विषयमा भएकाे विवाद पनि अर्काे कारण हाे। वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर रहेका जेनजी युवाहरूले नाराबाजी गरेका थिए।
अब सोमबार दिउँसाे ३ बजे पुन: जेनजीहरूसँग छलफल हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ।
भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनको वास्तविक नेतृत्वकर्ता काे भन्नेमा विवाद हुँदै आएकाे छ। हरेक ठाउमा सुदन गुरुङ अगाडि सरिरहे पनि अर्काे पक्षले त्यसकाे विराेध गर्ने गरेका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया