Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सोनलले प्रदेश प्रमुखलाई भेटेर सरकार बनाउने दाबी पेश गर्दै

 

जनकपुर : कांग्रेस र एमालेलाई बाहिर राख्दै मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ।

लोसपाका प्रदेश सांसद जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन ५ दलबीच सहमति भएको छ। सोनलले प्रदेश प्रमुखलाई भेटेर सरकार बनाउने दाबी पेश गर्दैछन्।

लोसपा ८, जसपा १९, जनमत १३, माओवादी (केन्द्र) ८, नेकपा (एस) ६ सहित ५४ सांसदको समर्थनमा लोसपाका नेता सोनल बुधबार सरकार बनाउने दाबी पेश गर्दैछन्।

लोसपा नेतृत्वमा बन्ने सरकारमा साना दल राप्रपा, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि समेट्न गृहकार्य भइरहेको छ। यी तिनै दलका मधेश प्रदेशमा १–१ जना सांसद छन्।

तीन दिनदेखि जनकपुरमै बसेर लोसपाका अध्यक्ष महन्थ ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको नेतृत्वमा एमाले र जनमत मिलेर सरकार बनाउने सहमतिलाई भत्काउँदै मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनाउन कसरत गरेका थिए।

कांग्रेसले भने आफ्नो नेतृत्वमा बन्नै लागेको सरकारको समीकरण भत्किएपछि नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसित बुधबार बिहानदेखि छलफल गरेका छन्। तर, नेपालको दलका ६ जना सांसद कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गरे पनि बहुमत नपुग्ने देखिन्छ।

लोसपाको नेतृत्वमा बन्ने सरकारमा कुन दलका कुन–कुन मन्त्रालय दिइनेमा पनि लगभग सहमति भइसकेको छ। जसपालाई अर्थसहित ४ मन्त्रालय, जनमतलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसहित ४ मन्त्रालय, लोसपा, माओवादी केन्द्र र नेकपा एसलाई २–२ मन्त्रालय दिइने सहमति भएको लोसपाका एक सांसदले बताए। नयाँ सरकारका लागि दाबी प्रस्तुत गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार अपरान्ह ४ बजेसम्मको समय तोकेकी छन्। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP