Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सभामुख घिमिरेले आज विघठित प्रतिनिधिसभामा राजनीतिक दलहरुसँग छलफल

 

काठमाडौं : दलहरुले सभामखमार्फत् संसद पुनःस्थापनाको कसरत सुरु गरेका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गरेर फागुन २१ गते निर्वाचन घोषणा भएका बेला दलहरुले पुरानै संसद ब्यूँताउन छलफल थालेका हुन्।

हिजो मात्र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र संसद विघटनविरुद्ध १० वटा रिट परेका छन्। तर, अध्ययनकै क्रममा रहेकाले कुनैपनि रिट दर्ता भने भइसकेको छैन। माओवादी र रास्वपासहित तत्कालीन प्रतिपक्षी दलहरु निर्वाचनको पक्षमै रहे पनि कांग्रेस निर्वाचन र संसद पुनःस्थापना दुुबै स्वीकार्ने बताइरहेको छ।

एमालेले भने सडकबाट समेत प्रतिवाद गर्ने बताइसकेको छ। यही बेलामा सभामुखको सक्रियता बढेको हो। सभामुख घिमिरेले आज विघठित प्रतिनिधिसभामा राजनीतिक दलहरुसँग छलफल गरिरहेका छन्।

बैठक केहीबेरअघि सिंहदरबारमा सुरु भएको छ। छलफलमा कांग्रेस, एमाले माओवादी राप्रपा लगायतका प्रतिनिधि सहभागी हुँदा रास्वपा भने छलफलमा गएन। रास्वपाका नेता सन्तोष परियारले आफ्नो दल उपस्थित नभएको बताए। उनले पार्टीको सचिवालय बैठक भएकोले सहभागी नभएको स्पष्ट पारे। तर रास्वपा भने संसद विघटनको पक्षमै रहेकोले बैठकमा सहभागी नभएको बुझिएको छ।

बैठकमा संसद विघटन भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको सहभागी नेताहरुले बताएका छन्।

दलहरूसँगको छलफललगत्तै सभामुख घिमिरेले पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने तयारी गरेका छन्।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP