Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जापान अहिलेसम्म विश्वकपमा अन्तिम १६ को चरणभन्दा माथि पुग्न सकेको छैन

 

 

जापानी प्रशिक्षक हजिमे मोरियासुले मैत्रीपूर्ण खेलमा मंगलबार ब्राजिलमाथि ३–२ को जितमा खेलाडीलाई खुसी मनाउन आग्रह गरे पनि आगामी वर्षको विश्वकपमा क्षति बेहोर्न सक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन्।

टोकियोमा भएको खेलको दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि जापानले कार्लो एन्सेलोट्टीको टोली ब्राजिलमाथि रोमाञ्चक जित निकालेको हो। जापान अहिलेसम्म विश्वकपमा अन्तिम १६ को चरणभन्दा माथि पुग्न सकेको छैन तर प्रशिक्षक मोरियासुले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको उपाधि जापानले उचाल्ने लक्ष्य राखेका छन्। जापानले कतारमा सन् २०२२ को विश्वकपमा पनि जर्मनी र स्पेनजस्ता विश्व फुटबलको ठूला राष्ट्रलाई हराएको थियो। प्रशिक्षक मोरियासुले ब्राजिलमाथिको जित विश्वभर महसुसन हुने प्रतिक्रिया पनि दिएका छन्।

 

‘मैले यो नतिजापछि खेलाडीलाई राम्रोसँग उत्साह मनाउन भनेँ तर बलियो टोलीले अहिलेदेखि नै त्यसको ध्यान राखेको हुन्छ,’उनले भने,‘ब्राजिलजस्तो उत्कृष्ट टोलीलाई हराउन महत्त्वपूर्ण क्षण हो।’

यो नतिजाले टोलीमा सुधार आएको देखिने भए पनि आगामी दिनमा थप सचेत पनि हुनुपर्ने मोरियासुको भनाइ छ। ‘यो जितले टोलीमा धेरै सुधार आएको देखिन्छ । साथै यस्तो नतिजामा हामी सचेत पनि हुनुपर्छ। यस किसिमका नतिजापछि आफ्नो आत्मविश्वास बढाउन पनि खेलाडीलाई आग्रह गरेको छु,’जापानी प्रशिक्षकले भने। पाउलो हेनरिके र गाब्रियल मार्टिनेलीको गोलबाट ब्राजिलले खेलको ४५औं मिनेटमा नै सहज अग्रता लिएको थियो।

सिओलमा दक्षिण कोरियामाथि ५–० को जितपछि नै ब्राजिलले जापानमा पनि सोही किसिमका नतिजा दोहो¥याउन सक्ने अनुमान थिए तर जापानले ती अनुमान सत्य हुन दिएनन् । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन ग¥यो। दोस्रो हाफमा टाकुमी मिनामिनो, केइतो नाकामुरा र आयसे युदाले गोल गर्दै ४५ हजार दर्शक उपस्थिति रंगशालामा जित दिलाए। पछिल्लो १४ भेटमा ब्राजिलविरुद्ध जापानको यो नै पहिलो जित हो। ‘ब्राजिललाई हराउनुले आगामी विश्वकपमा हामीलाई धेरै सकारात्मक पक्ष प्राप्त हुनेछ,’नाकामुराले भने,‘अझै हामीले आगामी नोभेम्बर र मार्चमा खेल्न बाँकी छ। त्यसमा पनि यस्तै नतिजा आउनेछ भन्ने विश्वास छ।’ इटालियन प्रशिक्षक एन्सेलोट्टीले गत मेमा जिम्मेवारी समालेपछि ब्राजिलको लागि यो दोस्रो हार हो।

यसअघि विश्वकप छनोटमा पनि ब्राजिल बोलिभियासँग १–० ले पराजित हुन पुगेको थियो। एन्सेलोट्टीले अझ सन्तुलित टोली बन्न आवश्यक रहेको उल्लेख गरेका छन् । तर, विश्वकप अगाडि उनले धेरै पल्ट प्रयोग पनि गरिरहेका छन्। ‘हामीले यी गल्तीबाट सिक्नु पर्नेछ। दोस्रो हाफमा आज धेरै गल्ती ग¥यौं,’एन्सेलोटीले भने, ‘सबैभन्दा हाम्रो ठूलो समस्या नै गल्ती भएपछि त्यसमा सुधार गर्न नखोज्नु हो।’

दक्षिण कोरियाविरुद्ध जितपछि एन्सेलोट्टीले आफ्नो पहिलो रोजाइमा धेरै परिवर्तन गरेका थिए। उनले त्यस खेलमा रहेका गोलकर्ता इस्तेभाओ, रोड्रिगो र म्यानचेस्टर युनाइटेडका म्याथियस कुन्हालाई बेन्चमा नै राखेका थिए। उनीहरूको स्थानमा भिनियससँगै अग्रपंक्तिमा मार्टिनेली र लुइस हेनरिकले समाले। जापानले ब्राइटनका विंगर काओरु मितोमा र लिभरपुलका मिडफिल्डर वातारु इन्डो बिना पनि सफलता पाएको छ। उनीहरू चोटका कारण टोली बाहिर थिए।  वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP