Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विजयनगर-१ नयाँबस्तीमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १२ कार्तिक ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-१ नयाँबस्तीमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । एकादशीकाे अवसरमा भलिबल प्रतियोगिता सञ्चालन गरिएको एकादशी मेला तथा खेलकुद व्यवस्थापन समितिका अध्यक्ष भुपाल सिंह थापाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले आयाेजित पुरुष तथा महिला भलिबल प्रतियोगिताकाे उद्घाटन गरेका हुन् । आउने शनिबार एकादशीकै अवसरमा साँस्कृतिक कार्यक्रम समेत हुने आयाेजकले जनाएको छ । राष्ट्रिय लाेक दाेहरी तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति समेत रहने व्यवस्थापन समितिका अध्यक्ष थापाले जनाए ।

भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टीमले रु. ३० हजार, दाेस्रे हुनेले रु. २० हजार र तेस्राे हुनेले रु. १० हजार नगदसहित शिल्ड मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् । यसैगरी महिलातर्फ प्रथम हुने टीमले रु. १० हजार, दाेस्राेे हुनेले रु. ७ हजार र तेस्रो हुनेले रु. ४ हजार नगदसहित शिल्ड मेडल र प्रमाण-पत्र प्राप्त गर्ने तुल बहादुर सारुले जानकारी दिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले खेलकुदले समाजमा एकता बढाउने काम गरेकाे बताउँदै धर्म संस्कृतिक संरक्षणमा जाेड दिएकाे बताए । यस्ता खेलहरुले खेलाडीहरुलाई प्राेत्साहन र सद्भाव बढाएको जिकिर गर्दै व्यक्तिगत विकाससँगै खेलमार्फत राष्ट्रलाई विश्व चिनाउने काम गरेकाे अध्यक्ष थापाले प्रशंसासमेत गरे ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले खेलाडीले खेलकुदलाई निरन्तरता दिए अवश्य गन्तव्यमा पुग्ने विश्वास दिलाइन् । उनले एकादशीमा हरेक वर्ष आयाेजना हुँदै आएकाे यस खेलकुल र साँस्कृतिक कार्यक्रमले परम्परागत धर्म, संस्कृतिकाे संरक्षण महत्त्वपूर्ण टेवा पुगेकाे बताइन् । उपाध्यक्ष चाैधरीले नयाँ पुस्तालाई थाहा नभएको परम्परालाई हस्तान्तरण गर्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमलाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजाल, समाजसेवी थर्क बहादुर खन्गाहाले सम्बाेधन गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य दमन्ती राना, वडा सदस्य तिजमाज राई, गाैतमबुद्ध साझेदारी बनका अध्यक्ष प्रवेज आलम खान, समाजसेवी लाैेलेश्वर खटिक, सन्ताेष तेली लगायतकाे उपस्थिति थियोे ।

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP