Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिने

 

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रकुमार सोनलले आज विश्वासको मत लिँदै छन्। त्यसका लागि दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठक बोलाइएको छ ।

बैठकमा मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम विश्वासको मत सम्बन्धि प्रस्ताव प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि सोनल पाँच दलका ५६ सांसदको समर्थनमा असोज २९ गते मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री सोनललाई उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन छ । यसबाहेक नागरिक उन्मुक्ति र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ । जसअनुसार सोनलको पक्षमा ५७ सांसदको समर्थन देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा कायम छन् । प्रदेशसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले भने विपक्षमा छन्।

निवर्तमान मुख्यमन्त्री सिंह र पूर्वमन्त्री त्रिभुवन साह जनमत फुटेर बनेको जनस्वराज पार्टीतर्फ लागिसकेकाले यी दुई प्रदेश सभा सदस्य कतै पनि खुलेका छैनन् ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP