Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दर्ता भएका राजनीतिक दलहरूले चुनावमा भाग लिएर निर्वाचनलाई सफल तुल्याउन आह्वान

 

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूले चुनावमा भाग लिएर निर्वाचनलाई सफल तुल्याउन आह्वान गरेका छन्।

दल दर्तापछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा दलका नेताहरूले स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष ढङ्गले निर्वाचन गराउने जिम्मेवारी सरकारको भए पनि त्यसलाई सफल तुल्याउने दायित्व भने राजनीतिक दल स्वयम्कै भएको स्पष्ट पारे।

नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनमा भाग लिएर मतदाताको मन जित्न राजनीतिक दलहरूलाई आह्वान गरे। ‘सबै राजनीतिक दलले शान्तिपूर्ण तवरले निर्वाचनमा भाग लिऔँ र सफल बनाऔँ। बढीभन्दा बढी मतदाताको मत लिन कोसिस गरौँ’, उनले भने।

मुलुकका विभिन्न राजनीतिक दलबीचको एकताबाट गठन भएको नेपाली कम्युनिष्ट पार्टीले केही दिनअघि मात्रै आयोगमा दल दर्ता गरेको थियो। आयोगले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता गरिरहेको छ। आगामी माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।

आयोगको सूचनाअनुसार आसन्न निर्वाचनमा भाग लिन दल दर्ता गरिएको जानकारी दिँदै नेता पाण्डेले अब आफ्नो पार्टी सम्पूर्ण गतिविधि निर्वाचन केन्द्रित हुने बताए।

दल दर्ताका लागि आयोग पुगेका नेपाल मानवतावादी पार्टीका अध्यक्ष मेघबहादुर कामीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन आफूहरू आतुर रहेको बताए। ‘हामी मानवतावादी हौँ, विभेद, विकृति, बेथिति र भ्रष्टाचारको अन्त्य गर्ने तथा समुन्नत समाजको निर्माण गर्ने अभियानमा लागेका छौँ’, उनले भने। आफूहरूले मानवतावादी सिद्धान्त बोकेका कारण पनि जनताले मत हाल्ने उनको विश्वास छ।

बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले आफ्नो निर्वाचन तयारीमा जुटिसकेको जनाउँदै सबै जिल्लामा उम्मेदवारी दिने बताए। मङ्गोल नेसनल अर्गनाइजेसनका अध्यक्ष सन्तोष तामाङले मुलुकलाई विकास र निकास दिने अभिप्रायका साथ निर्वाचनमा भाग लिन लागेको बताए। ‘लोकतन्त्र र धर्म निरपेक्षतालाई संस्थागत गर्न नसक्दा जनताले न्याय र अधिकार प्राप्त गर्न नसकेका हुन्’, उनले भने, ‘मानवअधिकार, शान्ति र सुशासन कायम गराउने हो भने आफ्नो दललाई मत दिन आह्वान गर्छु।’

राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष लिमा अधिकारीले आफूहरू निर्वाचनका लागि उत्साहित रहेको जनाउँदै पार्टीका सम्पूर्ण गतिविधि निर्वाचन केन्द्रित भइरहेको बताए। ‘आगामी निर्वाचनमा वैकल्पिक शक्ति निर्णायक बन्ने अवस्था छ। विधिको शासन, नागरिक सर्वाेच्चता, संविधानलाई पनि ठीक मार्गमा ल्याउन निर्वाचनमा होमिनुपर्छ। सबै राजनीतिक दल पनि यसै महाअभियानमा लाग्नुपर्छ’, उनले भने।

दल दर्ता उत्साहजनक

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै १२ वटा दल दर्ता भएका छन्। निर्वाचन आयोगमा भर्खरै एकताको घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी र एकता घोषणा गर्ने क्रममा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) समेत एक दर्जन राजनीतिक दलले पहिलो दिनमै आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेका हुन्।

आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका गर्न आयोग परिसरमा राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP