Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ

 

काठमाडौं : यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’। जसअनुसार आज कुनै पनि खेलको तालिका छैन। कूल ३२ मध्ये आठ खेल भइसकेका छन्। विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल राखिएका छन्।

प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स अविजित छन्। दुई/दुई खेल खेलेका यी टोली चार/चार अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। तीन खेलमा एक जीतसँगै दुई अङ्क बटुलेको काठमाण्डु गोर्खाज अङ्क तालिकाको तेस्रो स्थानमा छ।

दुई/दुई खेल खेलेका लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले एक/एक खेलमा जीत दर्ता गर्दै क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन्। सातौँ स्थानमा रहेको जनकपुर बोल्ट्स एउटा मात्रै खेल खेलेको छ। जनकपुर अहिले अङ्कविहीन छ। अङ्क तालिकाको पुच्छारमा पोखरा एभेञ्जर्स छ। पोखराले दुवै खेलमा हार बेहोरेको छ।

खेलाडीतर्फ मार्क वाटको प्रदर्शन उत्कृष्ट देखिएको छ। लुम्बिनी लायन्सविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै कर्णालीलाई जीत दिलाएका उनले दुई वटा विकेट लिएका छन् भने दुई वटा क्याच लिएका छन्। कुशल भूर्तेलले पनि ब्याटिङ, बलिङ र फिल्डिङबाट राम्रो प्रदर्शन गरेका छन्। उनले दुई खेलमा ११२ रन बनाएका छन् भने एक विकेट लिएका छन् साथै दुई वटा क्याच आउट लिएका छन्। हर्मित सिंहले पनि ब्याटिङमार्फत ५७ रन बनाउँदै चार विकेट लिएका छन्।

ब्याटिङमा विदेशी खेलाडी हावी

हालसम्म भएका आठ खेलमा ब्याटिङमा विदेशी खेलाडी हावी देखिएका छन्। सबैभन्दा बढी रन बनाउने शीर्ष १० ब्याटरमा सात जना विदेशी खेलाडी छन्। कर्णालीका लागि दुई खेल खेलेका स्कट्ल्याण्डका मार्क वाटले एक शतकसहित १३० रन बनाएका छन्। उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ११४ रन बनाएका थिए।

इङ्ग्ल्याण्डका रवि बोपाराले दुई खेलमा दुई वटा अर्धशतकसहित ११८ रन बनाएका छन् भने नेपाली खेलाडी कुशल भूर्तेलले पनि दुई अर्धशतकसहित ११२ रन जोडेका छन्। भारतीय खेलाडी प्रियाङ्क पञ्चालले एक अर्धशतकसहित १०२ रन बनाएका छन् भने नेपाली खेलाडी रोहित पौडेलले ८८ रन बनाएका छन्। त्यसैगरी मार्टिन गुप्टिल र लोकेश बमले एक/एक अर्धशतकसहित समान ८६ रन जोडेका छन्। इङ्ग्ल्याण्डका बेन चाल्र्सवर्थले पनि समान ८६ रन नै बनाएका छन्।

बलिङमा केसी अगाडि

हालसम्म सबैभन्दा बढी विकेट लिनेमा काठमाण्डु गोर्खाजका कप्तान करण केसी छन्। उनी एक्लैले छ विकेट लिएका छन्। उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चार विकेट लिएका थिए। सुदूरपश्चिमविरुद्ध चार ओभर बलिङ गरेका उनले सात दशमलव ५० को इकोनोमीमा ३० रन खर्चिएका थिए। केसीले हालसम्म सात दशमलव ८८ इकोनोमीमा रन खर्चिएका छन्।

मिलिन्द कुमारले पाँच विकेट लिएका छन्। उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा तीन विकेट लिएका थिए। उक्त खेलमा चार ओभर बलिङ गर्ने क्रममा उनले तीन दशमलव ७५ को औसतमा १५ रन खर्चिए। हर्मित सिंह र मर्चेन्ट डे लांगेले हालसम्म समान चार/चार विकेट लिएका छन्। साथै रुवेन ट्रम्पप्लेमान, सन्दीप लामिछाने, स्कट लुगेलेजिन, सहाब आलम, सोमपाल कामी, हेमन्त धामी, शुभम रञ्जने, जिमी निशम, आकाश चन्दले समान तीन/तीन विकेट लिएका छन्।

स्ट्राइक रेटमा जैब अब्बल

चितवनका सैफ जैब स्ट्राइक रेटमा अब्बल देखिएका छन्। यद्यपि उनले दुई खेलमा जम्मा ५३ रन बनाएका छन्। उनले २३० दशमलव ४२ को स्ट्राइक रेटमा रन बनाएका छन्। दुई सयभन्दा बढी स्ट्राइक रेट हुने खेलाडीमा हर्मित सिंह, जर्ज मुन्से, मार्क वाट छन्।

आलमको किफायती बलिङ

किफायती बलिङ गर्नेमा भने नेपालका सहाब आलम अगाडि छन्। उनले प्रतिओभर चार दशमलव ७२ मात्रै दिएका छन्। उनले तीन खेलमा ११ ओभर बलिङ गरेका छन्। उनले औसतमा २२ रनमा एक विकेट लिएका छन्।

हर्मित सिंहले पनि पाँच दशमलव ३७ इकोनोमीमा किफायती बलिङ गरेका छन्। दुई खेलमा आठ ओभर बलिङ गरेका उनले ४८ रन दिएर चार विकेट हात पारेका छन्।

सन्दीप लामिछानेले पनि पाँच दशमलव ५० इकोनोमीमा बलिङ गरेका छन्। लामिछानेले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४४ रन खर्चिएका छन् भने तीन विकेट हात पारेका छन्। सबैभन्दा बढी इकोनोमी हुनेमा डि आर्की सर्ट र म्याट टेलर छन्। दुवैले प्रतिओभर औसतमा १२ रन खर्चिएका छन्।

५९ पटक क्याच आउट

आठ खेलमा ५९ पटक खेलाडीहरु क्याच आउट भएका छन्। यस अवधिमा कूल ४० जनाले क्याचमार्फत आउट गरेका छन्। सबैभन्दा बढी क्याच लिनेमा चार खेलाडी कुशल भूर्तेल, सन्दीप जोरा, स्कट लुगेलेजिन र मोहम्मद आदिल आलम छन्। यी खेलाडीले हालसम्म समान तीन/तीन वटा क्याच लिएका छन्।

विराटनगरको उच्च स्कोर

एनपिएलको जारी संस्करणमा विराटनगर किङ्ग्सले सबैभन्दा बढी रन बनाएको छ। उसले पोखरा एभेञ्जर्सविरुद्धको खेलमा २० ओभरमा छ विकेटको क्षतिमा २२० रन बनाएको थियो। त्यस्तै सबैभन्दा बढी रन बनाउने दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स छन्। सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो।

त्यसैगरी, कम स्कोर बनाउनेमा काठमाण्डु गोर्खाज छ। काठमाण्डु गोर्खाज सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याउने क्रममा ११८ मा अलआउट भएको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP