Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्लामा एक मतदानस्थल थप

 

गलकोट : आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्लामा एक मतदानस्थल थप गर्न र दुई मतदानस्थल स्थानान्तरणका लागि सिफारिस गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयकाअनुसार मतदाताको बढ्दो सङ्ख्या, भौगोलिक चुनौती र पिछडिएका बस्तीमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थप तथा मतदानस्थल सार्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको हो।

जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञ रिजालले गलकोट नगरपालिका–११ रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाबाट आंशिक मतदाता सारेर मनेवा आधारभूत विद्यालयलाई मतदानस्थलका रूपमा थप गर्न सिफारिस गरिएको बताए।

रिघामा हाल रहेका दुई हजार ८०० मतदातामध्ये एक हजार १९० मतदातालाई मनेवा आविमा ल्याएर मतदानस्थलको रूपमा कायम गर्न सिफारिस गरिएको रिजालको भनाइ छ।

त्यसैगरी बागलुङ नगरपालिकाको एक मतदानस्थल र बडिगाड गाउँपालिकाको एक मतदानस्थललाई पूर्वाधारको अभाव तथा भौगोलिक चुनौतीका कारण स्थानान्तरण सिफारिस गरिएको जनाइएको छ।

बागलुङ नगरपालिका–८ सिगानाको मतदानस्थल र बडिगाड गाउँपालिका–१० को मतदानस्थललाई पायक पर्ने स्थानमा स्थानान्तरण गर्न लागिएको हो।

बागलुङ नगरपालिका–८ सिगाना वडाकार्यालयको मतदान केन्द्रलाई सिगाना स्वास्थ्य चौकीमा सार्ने योजना बनाइएको छ। वडा कार्यालयमा मतदानस्थल साँघुरो भएकाले सार्ने सिफारिस गरिएको हो।

बडिगाड गाउँपालिका–१० साविकको वडा कार्यालयमा भएको मतदानस्थल रनामस्थित नयाँ वडा कार्यालयमा सार्न सिफारिस गरिएको निर्वाचन कार्यालय प्रमुख यज्ञ रिजालले बताए।

सिफारिस गरिएको नयाँ मतदानस्थल र स्थानान्तरणको विषयमा आयोगको निर्णय भने आउन बाँकी छ। सिफारिस गरिएको मतदानस्थल स्वीकृत भएमा यस अघिको निर्वाचनमा १०६ मतदातस्थल रहेको जिल्लामा जिल्लामा १०७ मतदानस्थल हुनेछ। गत निर्वाचनमा २३१ मतदान केन्द्र थिए भने बढेको मतदाता सङ्ख्याको आधारमा आयोगले केन्द्रसमेत थपेर पठाउनेछ।

जिल्लामा यस अघि एक लाख ८९ हजार १७३ जना मतदाता रहेकामा हाल पाँच हजार ९९३ मतदाता थपिएका छन्। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP