Trending
flash लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै flash विजयनगरमा पनि मनाइयो राष्ट्रिय याेग दिवस flash विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिक सम्मानित राजनीति सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन राजनीति जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए समाज सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार समाज सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ समाज अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलो समाज खुकुरी प्रहार गरी युवकको हत्या खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

खानाको सुगन्धसँगै चेतनाको आवाज : यशोधरा-४ मा लैंङ्गिक धारणा तोड्ने किशोरका साहसी प्रयास

मंसिर २१, कपिलवस्तु ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत किशोरहरुबीच खाना बनाउने प्रतियोगिता आज सम्पन्न भएको छ । “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ ” भन्ने नाराको साथ यशोधरा गाउँपालिमा वडा नम्बर ४ परसोहिया कपिलवस्तुमा किशोरहरुबीच खाना बनाउने प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रम Kinder Not Hilfe-KNH  को सहयोग, यशोधरा गाउँपालिका कार्यालय बैदौलीको समन्वय तथा दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजनामा भएको थियो ।

खाना बनाउने प्रतियोगितामा यशोधरा गाउँपालिका वडा नम्बर ४ विद्या बालक्लब परसोहियाका आदर्श कोरी र राजेन्द्र यादवको समुह प्रथम, यशोधरा गाउँपालिका वडा नम्बर ४ आमा बालक्लब सेमरीका राजकुमार पासी र विशाल कोहारको समुह द्वितीय, सागरमाथा बालक्लब वडा नम्बर ७ सोमडिहका अंग्रेज रैदास र धिराज रैदासको समुह तृतीय र बगमती बालक्लब वडा नम्बर ८ का  हरिशंकर धोवी र शिवा हरिजनको समुह सान्त्वना स्थान हासिल गरेका थिए ।

त्यसैगरी नित्य प्रतियोगितामा रिता धोवी प्रथम, सधान कोहार र सोनी कोहार द्वितीय, कुमकुम चौधरी तृतीय  र अचाला रैदास र कोमल रैदास सान्त्वना स्थान हासिल गरेकी थिइन् । विजयी सहभागीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमको उदेश्यको बारमो दलित समाजिक विकास केन्द्र डंगरीद्वारा संचालित महिला शसक्तीकरण तथा बालअधिकार संरक्षण परियोजन (हाम्रो पहुँच ) परियोजनाका वरिष्ठ परियोजना अधिकृत गोविन्द धवलले प्रष्ट पर्नु भएको थियो । घर–परिवारमा मिलेर काम गर्ने संस्कार विकास घरै देखि गर्ने, लैङ्गिक विभेद न्यूनीकरण गर्ने र किशोर-किशोरीलाई समान रूपमा घरेलु काममा सहभागी हुन प्रेरित गर्नु किशोरहरुबीच खाना बनाउने प्रतियोगिता रहेको परियोजना अधिकृतले बताए ।

लैङ्गिक हिंसाका धेरै स्वरूप घरमैबाट सुरु हुने भएकाले बालबालिकामा प्रारम्भिक चरणमा नै समान सहभागिताको बानी बसाल्नु अत्यन्त महत्वपूर्ण बताउदै छोराछोरीलाई घरमै समान रूपमा काम गर्न सिकाउन सके भविष्यमा लैङ्गिक हिंसा कम गर्न ठूलो मद्दत पुग्ने उहाँले विश्वस व्यक्त गर्नु भयो ।

समुदायमा लैङ्गिक हिंसा लगायत न्यूनिकरण गर्न संस्थाको मुख्य लक्ष्य रहेको दलित सामाजिक विकास केन्द्रका सदस्य अनिता श्रीमालले बताउनु भएको थियो । कार्यक्रम  सहभागी सबैलाई धन्यवाद दिँदै किशोर–किशोरीले घरायसी काममा बराबरी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदै उनले घरमै सकारात्मक व्यवहार र समान सहभागिताबाट नै लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भयो ।

सन्देश महिला सञ्जाल वडा नं. ४ की सदस्य निर्मल रैदासले लैङ्गिक हिंसा अन्त्यका लागि सबैभन्दा पहिले व्यक्तिगत सोच परिवर्तन हुनु आवश्यक रहेको बताइन्। उनले सामाजिक व्यवहार र दृष्टिकोणमा परिवर्तन आए मात्र हिंसा तथा विभेद घट्ने उल्लेख गरेकी थिइन् । सन्देश महिला सञ्जाल वडा नं.४ की सदस्य निर्मल रैदासको अध्यक्षता र दलित सामाजिक विकास केन्द्रका सदस्य अनिता श्रीमाल को प्रमुख अतिथतामा भएको थियो ।

(हाम्रो पहुँच) परियोजनाका वरिष्ठ परियोजना अधिकृत गोविन्द धवलको विशिष्ट अतिथित र दलित सामाजिक विकास केन्द्रका लेखा अधिकृत दिनेश गुप्ता ,पत्रकार , विभिन्न समूह तथा क्लबका प्रतिनिधिहरुको अतिथत रहेको थियो । कार्यक्रममा दलित समाजिक विकास केन्द्र डंगरी द्वारा संचालित महिला शसक्तीकरण तथा बालअधिकार संरक्षण परियोजन (हाम्रो पहुँच ) का कार्यक्रम अधिकृत बिन्दबसनी हरिजनको संचालन र सहजकर्ता पुष्पादेवी पासीको स्वागत मन्तव्य भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP