घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ११ पाैष ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-२ लोहरौलामा अवस्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत बाल विकास केन्द्रका ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
विजयनगर गाउँपालिका-२ मगरघट्टाका समाजसेवी गगन कुमार मिश्रले शुक्रबार बाल विकासका विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराएका हुन् । विद्यालयका प्रधानाध्यापक मिर्जा प्रसाद चाैधरीले मिश्र परिवारले जाडो माैसमलाई मध्यनजर गर्दै बाल विकास केन्द्रका विद्यार्थीलाई स्विटर र टाउजर उपलब्ध गराएको जानकारी दिए । हरेक वर्ष यसरी शैक्षिक क्षेत्रमा चाँसाे दिँदै विद्यार्थीहरुलाई मिश्र परिवारले सहयोग गर्दै आएकाे छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सबैको साझा जिम्मेवारी रहने बताए ।बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्नु नै भविष्य सुरक्षित गर्ने महत्वपूर्ण कदम भएको अध्यक्ष थापाले जिकिर गरे । यस्ता सामाजिक कार्यले समाजमा सहयोगकाे भावनाकाे विकाससँगै सकारात्मक सन्देश प्रवाह गर्ने उनकाे भनाई छ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले समाजसेवी मिश्रको योगदानको प्रशंसा गर्दै जाडो मौसममा न्यानो कपडा पाउँदा बालबालिकाको उपस्थिति र सिकाइमा सकारात्मक प्रभाव पर्ने बताइन् । उनले यस्ता सहयोग निरन्तर हुन आवश्यक रहेकाे बताइन् ।
यस्तै २ का वडा अध्यक्ष नेपाल चौधरीले स्थानीय स्तरमै भएको सहयोगले समुदायलाई बलियो बनाउने उल्लेख गर्दै स्थानीय विद्यालय र बालबालिकालाई लक्षित गरेर गरिएको यो सहयोग अनुकरणीय रहेको बताए ।
यस्तै समाजसेवी तथा कपडा दाता गगन कुमार मिश्रले बालबालिकाको मुहारमा मुस्कान ल्याउनु नै आफ्नो मुख्य उद्देश्य भएको बताए । उनलेे कुनै पनि बालबालिका पढाइबाट बञ्चित नहोस् भन्ने चाहनाले कपडा वितरण गरेको बताउँदै आगामी दिनमा पनि शिक्षासँग सम्बन्धित यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेेत जनाए ।
यसैबीच विद्यालयले अर्धवार्षिक परीक्षाकाे नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न गरेकाे प्रधानाध्यापक मिर्जा प्रसाद चाैधरीले बताए ।
कार्यक्रममा गाउँपालिकाका अनुगमन संयाेजक सुरेन्द्रराज मिश्र, शिक्षक दुर्गा प्रसाद मिश्र, अभिभावक, शिक्षक तथा स्थानीयको सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया