काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा (माओवादी)ले केन्द्रीय कम्युनमा प्रहरीले गरेकाे हस्तक्षेप र अपरेशनविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ। अर्घाखाँचीकाे सितगङ्गा-११ मा रहेकाे जन कम्युनमा प्रहरीले हिजाे गरेको सर्चविरुद्ध नेकपा माओवादीले संघर्षको कार्यक्रम घोषणा गरेको हाे।
शनिबार सम्पन्न स्थायी समिति बैठकले संघर्षको कार्यक्रम घोषणा गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए। जसअनुसार पुस १२ गते बेलुका देशव्यापी मशाल जुलुस, पुस १३ देशभर कोणसभा, पुस १४ विरोध प्रदर्शन र पुस १५ गते अन्तरक्रिया कार्यक्रम गर्नेछ।
प्रहरीले हिजो नेकपा (माओवादी) को अर्घाखाँचीस्थित कम्युनमा अपरेशन गरेर विस्फोटक पदार्थ बरामद गरेको थियो। प्रहरीले भरूवा बन्दुक दुई थान, ग्रिनेड १४ वटा, डेटोनेटर १२ वटा, लामो लन्चर जस्तो देखिने प्लास्टिकको पाइप ३ वटा, पाँच लिटरको प्रेसर कुकर बम एउटा, स्टिलको बम एउटा, बिजुलीको तार ४ बन्डल, बारूद ५०० ग्रामलगायतका विस्फोटक पदार्थ फेला परेको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया