सुर्खेत : गाडीको ठक्करबाट घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका-५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ। उनलाई शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका-१ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो।
प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
उनको प्रदेश अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया