काठमाडौं : काठमाडौं महानगरपालिकाभित्रको सार्वजनिक स्थानमा धुम्रपान गर्न ‘स्मोकिङ जोन’ बनाउनुपर्ने माग उठेको छ।
हिजो भएको नगरसभा १८ औँ अधिवेशनमा सदस्य सन्तोष ढुंगेलले धुम्रपान गर्नको लागि ठाउ बनाउन माग गरेका हुन्।
उनले भने, ‘सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाउने नियम राम्रो छ तर धुम्रपान गर्ने गर्न पाउने स्मोकिङ जोन बनाउनुपर्छ, रत्नपार्क वा अरू ठाउँमा भए पनि ठाउँ बनाउनुपर्छ,यसले जसलाई चुरोट चाहिन्छ उहाँहरूलाई सहज हुन्छ।’
काठमाडौं महानगरपालिकाले असार ३२ गते सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८२।८३ का लागि पारित आर्थिक ऐनमार्फत सार्वजनिक स्थानहरूमा धुम्रपान निषेध गर्ने व्यवस्था गरेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया