काठमाण्डौ – नेपालमा हरेक महिना मोबाइलको आयात बढ्दै गएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिना अर्थात साउनदेखि मङ्सिरसम्म १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँ भन्सार मूल्यका १० लाख ७० हजार थान मोबाइल आयात भएको छ । यसबाट सरकारले तीन अर्ब ५६ करोड रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ ।
पछिल्लो समय महंगा स्मार्टफोनको प्रयोग बढेसँगै आयात पनि बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गएको वर्षको मङ्सिरसम्मको तुलनामा यो वर्षको यही अवधिमा स्मार्ट फोनको आयात २६ प्रतिशतले बढेको छ । पाँच महिनामा सबैभन्दा धेरै चीनबाट १५ अर्ब रुपैयाँबराबरको नौ लाख थान बढी स्मार्टफोन नेपाल भित्रिएको विभागले जनाएको छ ।
यस्तै भारतबाट तीन अर्ब ८७ करोड रुपैयाँ बराबरको एक लाख ६२ हजार २४७ थान, कतारबाट एक करोड २५ लाख रुपैयाँ बराबरको ६ सय ४ र यूएईबाट चार करोड ८८ लाख रुपैयाँ बराबरको ५ सय १२ थान स्मार्टफोन नेपाल भित्रिएका छन् ।
यस्तै बितेको पाँच महिनामा अमेरिकाबाट पाँच करोड मूल्य बराबरको ४ सय ४४ थान, अष्ट्रेलियाबाट तीन करोड ३० लाख रुपैयाँ बराबरको २ सय ७८ थान, जापानबाट तीन करोड २२ लाख रुपैयाँ बराबरको ४ सय १४ थान र दक्षिण कोरियाबाट एक करोड १६ लाख रुपैयाँ बराबरको १ सय ६६ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । वैखरी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया