Trending
समाज सार्वजनिक स्थानमा धुम्रपान गर्न ‘स्मोकिङ जोन’ बनाउनुपर्ने माग राजनीति हस्तक्षेप र अपरेशनविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घाेषणा अन्तर्राष्ट्रिय भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु flash नेपालमा हरेक महिना मोबाइलको आयात बढ्दै खेल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार चार खेल समाज गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु flash प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल flash मिश्रले दिए जनजागृतिका ६० विद्यार्थीलाई न्यानो कपडा अन्तर्राष्ट्रिय क्याम्बोडिया–थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा flash जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था

लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल लगातार एनपिएलको उपाधि जित्ने

 

नवीन लुइँटेल

ललितपुर : झण्डै लिग चरणबाटै बाहिरिएको लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जितेको छ। अघिल्लो संस्करणमा चितवनलाई मात्र हराउन सकेको लुम्बिनीले यो पल्ट उपाधि नै उचाल्यो भने अर्कोतर्फ अघिल्लो संस्करणमा उपाधि जितेको जनकपुर यो पल्ट चितवनलाई मात्र हराउन सकेर २ अंकसहित पुछारमै रह्यो।

सुदूरपश्चिम अघिल्लो संस्करण र यो संस्करण दुबैमा उपविजेतामै सिमित रह्यो। ८ टिम सहभागी प्रतियोगिताको लिग चरणका ४ खेल सकिँदा लुम्बिनीको प्लेअफ खेल्ने संभावना जीवित त थियो तर अरु टिमको पनि संभावना भएकाले ठोकुवा गर्नसक्ने अवस्था थिएन। सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स बलियो स्थितीमा थिए।

त्यसबाहेक चितवन राइनोज, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र लुम्बिनी सबैको उत्तिकै संभावना थियो। लुम्बिनीले आफ्नो ५ औँ खेलमा पोखरालाई ३ विकेटले हराएपछि संभावनाको ढोका खुल्दै गयो। तर संभावना खुले पनि जित्नैपर्ने दबाब भएकाले त्यसपछिका हरेक खेल लुम्बिनीका लागी फाइनल सरह नै भए।

छैटौँ खेलमा अपराजित रहेको विराटनगर किंग्सलाई २ विकेटले हराएपछि त झन् लुम्बिनीको मनोबल बढ्दै गयो। विराटनगरले दिएको १ सय ४५ रनको लक्ष्य १४ बल बाँकी छँदै लुम्बिनीले भेट्टाएर प्लेअफ पूग्ने संभावना मजबुत बनाएको थियो।

त्यसबीचमा चितवन र पोखराको अनुकूल नतिजा नआउँदा लुम्बिनी अन्तिम एक खेलको जितले अन्तिम चारमा चौथो भएर पुग्ने निश्चित थियो। नतिजा लुम्बिनीकै पक्षमा आयो लिग चरणको अन्तिम खेलमा पनि। लुम्बिनीले जनकपुरलाई ४ विकेटले हरायो।

जसका कारण ८ अंकका साथ लुम्बिनी अगाडि बढ्यो। तालिकामा तेस्रो भएको काठमाण्डु गोर्खाज र चौथो भएको लुम्बिनीले एलिमिनेटरमा प्रतिस्पर्धा गरे। जुन खेलमा काठमाण्डुलाई १ सय ११ रनमा अलआउट गर्दै लुम्बिनीले सजिलैसँग ६ विकेटले जित्न सफल भयो।

सो खेलमा कप्तान रोहित पौडेल, शेर मल्ल र रुवेन ट्रम्पलम्यान बलिङमा चम्किए। पौडेल र मल्लले ३–३ विकेट लिँदा ट्रम्पलम्यानले ३ दशमलव १ ओभरमा १ मेडनसहित जम्मा १० रन खर्चिएर २ विकेट लिए।

एलिमिनेटरबाट अगाडी बढेको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरसँग खेल्यो। लिग चरणमा विराटनगरलाई हराएको र पछिल्ला ४ म्याच जित्दै आएको लुम्बिनीले त्यही लय समात्यो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमबाट पराजित हुँदै दोस्रो क्वालिफायरमामा आइपुगेको विराटनगरको ब्याटिङ निरीह देखियो। फलस्वरुप जम्मा १ सय ३५ रनको सहज लक्ष्य पनि विराटनगरले भेट्टाउन सकेन।

सुरुवाती ओभरदेखि नै धमाधम विकेट ढल्दा लुम्बिनी ४० रनले विजयी हुँदै फाइनलमा पुग्यो। लगातार ५ खेलमा जित्दै आएको र पहिलो पल्ट फाइनल पुगेको अनुभव बटुल्दै लुम्बिनीले सुदूरपश्चिम विरुद्ध सुरुदेखि नै दबाब खडा गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागी सोही निर्णय घातक बन्न पुग्यो। पछिल्ला केही म्याचमा बलिङबाट चम्किरहेको लुम्बिनीले फाइनलमा सुदूरपश्चिमलाई पनि त्यसको सिकार बनाइ छाड्यो।

फेरी एकपटक कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यान बलिङमा चम्किएपछि र ब्याटिङतर्फ ओपनर दिनेश अधिकारीले १३ बलमै ४२ रन बनाएपछि लुम्बिनीले सुदूरपश्चिमलाई सजिलै हरायो।

अघिल्लो संस्करणमा चितवनलाई मात्र हराउन सकेको लुम्बिनीले यो पल्ट उपाधि नै उचाल्यो भने अर्कोतर्फ अघिल्लो संस्करणमा उपाधि जितेको जनकपुर यो पल्ट चितवनलाई मात्र हराउन सकेर २ अंकसहित पुछारमै रह्यो। सुदूरपश्चिम अघिल्लो संस्करण र यो संस्करण दुवैमा उपविजेतामै सीमित रह्यो।

बलिङले बनायो उपाधि हकदार

लुम्बिनीका लागी दोस्रो संस्करणको उपाधि जित्नुको मुख्य हतियार उसको बलिङ र फिल्डिङ रह्यो। लिग चरणको पहिलो खेलमा चितवनलाई हराउँदा बाहेक त्यसपछि जितेका सबै खेलमा बलर नै चम्किदा लुम्बिनीले विभिन्न चरण पार गर्दै उपाधि सम्म जित्न सक्यो।

लिग चरणमा कर्णालीसँग ९ विकेटले , काठमाण्डुसँग २२ रनले तथा सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको लुम्बिनीले पाँचौ खेलमा पोखरालाई ३ विकेटले तथा छैटौँ खेलमा विराटनगरलाई २ विकेटले हरायो। त्यसपछि सातौँ खेलमा आएर जनकपुरलाई ४ विकेटले निराश पार्दै एलिमिनेटरमा पुगेको थियो। लिग चरणमा भन्दा त्यसपछिका एलिमिनेटर , दोस्रो क्वालिफायर र फाइनलमा बलिङतर्फ लुम्बिनीको प्रशंसनीय प्रर्दशनले उपाधि लुम्बिनीले पहिलो पटक उचाल्यो।

एलिमिनेटरमा पहिला ब्याटिङ गरेको काठमाण्डु १९ दशमलव १ ओभरमा १ सय ११ रन बनाउँदा अल आउट भयो। सन्तोष यादवले २३ रन , आदिल आलमले १८ रन तथा भिम सार्किले १४ रन बनाए। अरु ब्याटरले खासै रन हान्नै सकेनन्। ओपनिङ पुरै कोल्याप्स भयो।

कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यान बलिङमा चम्किएपछि काठमाण्डु हार्न पुग्यो। मल्ल र ट्रम्पलम्यानको धारिलो बलिङमा सुरुदेखि नै काठमाण्डुको विकेट झर्न थाल्यो। जसका कारण लुम्बिनीको बलिङ प्रेसर काठमाण्डुले थेग्न सकेन। मल्लले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए भने ट्रम्पलम्यानले ३ दशमलव १ ओभरमा १ मेडन सहित १० रन खर्चिएर २ विकट लिए। कप्तान रोहितले पनि प्रेस बनाउँदै ४ ओभरमा २५ रन खर्चिए ३ विकेट लिए।

क्वालिफायर २ मा सुरुवातमै ब्याटिङ गरेको लुम्बिनीको स्कोरलाई लिएर विराटनगरका शुभेच्छुकहरूले कमजोर लक्ष्यको संज्ञा दिएका थिए। तर लुम्बिनीका बलरले एकपछि अर्को कसिलो बलिङ गरेपछि लुम्बिनीले कमजोर लक्ष्यमा पनि सहज जित निकाल्न सक्यो। १ सय ३५ रनको लक्ष्य पछ्याएको मार्टिन गुप्टिल , फाप डु प्लेसिस जस्ता विश्व प्रख्यात खेलाडीले भरिएको विराटनगर १७ दशमलव ५ ओभरमा मात्र ४ रनमै समेटिन पुग्यो। सो खेलमा ट्रम्पलम्यानको कसिलो बलिङसहितको २ विकेट , तिलक भण्डारीको ३ विकेट र अभिशेष गौतमको २ विकेट महत्वपूर्ण रह्यो।

शनिबार सम्पन्न फाइनल खेलमा साबिक उपविजेता रहेको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलोपल्ट उपाधि जित्दा पनि बलिङ र फिल्डिङ नै उसको हतियार बन्यो। साथै जवाफी ब्याटिङमा उच्च मनोबलका साथ आएको ब्याटिङ पनि कम तारिफ योग्य छैन।

कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यान बलिङमा चम्किएपछि र ब्याटिङतर्फ ओपनर दिनेश अधिकारीले १३ बलमै ४२ रन बनाएपछि लुम्बिनीले सुदूरपश्चिमलाई सजिलै हरायो।

हारसँगै सुदूरपश्चिमको उपाधि जित्ने सपना लगातार २ पल्ट फाइनलमा पुगेर पनि पूरा हुन सकेन। गत सिजन पनि लिग चरणमा उत्कृष्ट खेलेको सुदूरपश्चिम फाइनलमा भने जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधि जित्ने क्रममा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ४ विकेटको क्षतिमा ९ ओभरमै भेट्टायो।
लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे। उनले १३ बलमै ४२ रन जोडे। पहिलो ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ वटा छक्का प्रहार गरेका अधिकारीले कूल १ चौका र ५ छक्का प्रहार गरे।

आक्रामक सुरुवात गरेको लुम्बिनीले अधिकारीको ब्याटिङमा पहिलो ओभरमै ऐरीविरूद्ध २७ रन बनाएको थियो। उनी पाँचौ ओभरमा हेमन्त धामीको बलमा स्कट कुगेइलिनबाट क्याच भए।

४–४ ओभरमा बलिङ गर्दा रोहितले १२ रन र शेरले १८ रन खर्चिए। ट्रम्पलम्यानले २ दशमलव १ ओभरमा ३ रन मात्र दिए। तिलकराज भण्डारीले थप १ विकेट लिए। ४ ओभर बल फँयाकेका उनले यसक्रममा २६ रन खर्चिए।

रोहितले जिते कार र बाइक

दोस्रो संस्करणको एनपीएलमा प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी विजेता लुम्बिनी लायन्सकै कप्तान रोहित पौडेल घोषित भएका छन्। पुरस्कार स्वरुप रोहितले ओमोडा कार प्राप्त गरेका छन्। शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई सजिलै पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बन्ने क्रममा कप्तान पौडेलको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो।

यो सिजन रोहितले २ सय ७६ रन बनाएका छन् भने १० विकेट लिएका छन्। फाइन खेलमा उनले ह्याट्रिक विकेट लिएपछि सुदूरपश्चिम खेलमा हच्कीएको थियो। अघिल्लो वर्ष उपविजेता रहेको टोली सुदुपश्चिमका दीपेन्द्र सिंह ऐरीले कार जितेका थिए। प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन्। उनले पनि पल्सर बाइक प्राप्त गरेका छन्।

शेर मल्ल लगातार एनपिएलको उपाधि विजेता खेलाडी

लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल लगातार एनपिएलको उपाधि जित्ने खेलाडी भएका छन्। यसअघि उनले अघिल्लो सिजनमा जनकपुर बोल्ट्समा रहेर उपाधि जितेका थिए। मल्लसँगै अघिल्लो सिजनमा जनकपुरमा रहेका तीव्र गतिका बलर हेमन्त धामी यो सिजन सुदूरपश्चिममा छन्। फाइनलमा जसले जिते पनि एउटै खेलाडीले लगातार २ सिजनमा उपाधि जित्ने पक्का थियो।

दोस्रो संस्करणको एनपिएलमा जनकपुरले रिलज गरेसँगै मिनिअक्सनबाट हेमन्तलाई सुदूरपश्चिम र मल्ललाई लुम्बिनीले भित्र्याएका थिए।

लुम्बिनीलाई यो सिजनमा च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका मल्लले १० खेलमा १७ विकेट लिए। उनले फाइनल खेलमा सुदूरपश्चिमविरुद्ध मात्रै ३ विकेट लिन सफल भए। फाइनलमा लिएको ३ विकेटसँगै मल्ल पनि दोस्रो एनपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको रुपमा चित्रित भए।

उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप लामिछानेसँगै शीर्ष स्थानमा रहन सफल भएका हुन्। लामिछानेको नाममा पनि १७ विकेट रहेको छ। लामिछाने उत्कृष्ट बलरको पुरस्कार स्वरुप मोटरसाइकल पाए।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP