Trending
समाज सार्वजनिक स्थानमा धुम्रपान गर्न ‘स्मोकिङ जोन’ बनाउनुपर्ने माग राजनीति हस्तक्षेप र अपरेशनविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घाेषणा अन्तर्राष्ट्रिय भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु flash नेपालमा हरेक महिना मोबाइलको आयात बढ्दै खेल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार चार खेल समाज गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु flash प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल flash मिश्रले दिए जनजागृतिका ६० विद्यार्थीलाई न्यानो कपडा अन्तर्राष्ट्रिय क्याम्बोडिया–थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा flash जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था

शान्ति सम्झौताको हिस्साका रूपमा युक्रेनलाई सुरक्षा प्रत्याभूति दिने सहमति

 

अमेरिकाले रूस-युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौताको हिस्साका रूपमा युक्रेनलाई सुरक्षा प्रत्याभूति दिने सहमति जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुशनरसँगको छलफलपछि सुरक्षा प्रत्याभूति र डोनबास क्षेत्रको भविष्यबारे मतभेद घटेको अमेरिकी पक्षको दाबी रहेको बीबीसीले जनाएको छ ।

बर्लिनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको पछिल्लो छलफलपछि अमेरिकी अधिकारीहरूले वार्ता उल्लेखनीय रूपमा अघि बढेको बताएका छन् । करिब चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि यसै हप्ता थप वार्ता हुने सम्भावना छ। वार्ताका क्रममा ट्रम्प स्वयं युरोपेली नेताहरू र वार्ताकारहरूसँग फोनमार्फत जोडिएका थिए।

ट्रम्पले शान्ति सम्झौतामा अहिलेसम्मकै सबैभन्दा नजिक पुगेको दाबी गर्दै युरोपेली नेताहरूको बलियो समर्थन रहेको बताए। सम्झौतामा अमेरिकाको समर्थनमा युरोपको नेतृत्वमा बहुराष्ट्रिय बल गठन गर्ने, युक्रेनभित्रै सुरक्षा सञ्चालन गर्ने, युक्रेनी सेनाको पुनर्निर्माण, आकाशीय सुरक्षा र समुद्री सुरक्षामा सहयोग गर्ने योजना समेटिएको छ। युक्रेनी सेनालाई शान्तिकालीन अवस्थामा करिब आठ लाख सैनिकको स्तरमा राख्ने प्रस्ताव पनि गरिएको छ।

वार्तामा नाटोको सामूहिक सुरक्षा सिद्धान्त ‘आर्टिकल ५’ जस्तै सुरक्षा संयन्त्रबारे विस्तृत छलफल भएको बताइएको छ।      थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP