Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमाडौं महानगरपालिकाभित्र ३० हजार भन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान

 

काठमाडौं : गएको वर्षमा काठमाडौं महानगरपालिकाभित्र ३० हजार भन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ। महानगरपालिका शिक्षा विभागले शिक्षा क्षेत्रमा आव २०८१/८२ को वार्षिक समीक्षा गर्दै ३० हजार ७ सय ७९ जना विधार्थीलाई पूर्णछात्रवृत्ति दिएको जानकारी दिएकाे हो।

महानगरपालिकाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा ५ हजार ८९५ जनालाई, दलित छात्रवृत्तिमा १ हजार ३२२ जनालाई, अपाङ्ग र आवासीय छात्रवृत्ति ४५५ जनालाई यो अवसर प्राप्त भएको हो।

यस्तै संस्थागत विद्यालयहरूमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा ३ हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका हुन्।

३९ वटा विद्यालयको नाम परिवर्तन

महानगरपालिकाका अनुसार यस वर्ष ३९ वटा विद्यालयहरूले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन्। कक्षा १ देखि १२ सम्मका ५६ हजार ३०१ जनालाई निःशुल्क पाठ्यपुस्तक प्राप्त गरेका छन्।

५८ हजार ७३९ जना विद्यार्थीले नियमित दिवा खाजा प्राप्त गरे भने सेनिटरी प्याड प्रयोग गर्नुपर्ने उमेर समूहका १७ हजार ६८९ जना छात्राले निःशुल्क सेनिटरी प्याड प्राप्त गरेको महानगरपालिकाले जनाएको छ।

पुस्तकरहित कार्यक्रममा १८ हजार बढी सहभागी

महानगरपालिका शिक्षा विभागका अनुसार पुस्तकरहित शुक्रबार कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २१८ जना छात्रछात्रा सहभागी भएका छन्। शिक्षामा सीप कार्यक्रम अन्तर्गत ५ हजार ११ जनाले कक्षा सम्पन्न गरे। ७७ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति गरियो।

सुन्दर विद्यालय निर्माणका लागि ८२ वटा विद्यालयलाई अनुदान प्रदान गरियो। यस्तै १ हजार ४३ जना शिक्षकहरूको क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। शिक्षा विभागले प्रारम्भिक बाल विकास केन्द्रको स्तरोन्नति भएपछि बाल भर्नामा आकर्षण बढेको, एसइई परीक्षामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या बढेकोलाई प्रगति मानेको छ।

यस्तै,पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमबाट बालबालिकाको सिर्जनात्मकता र सिप विकासमा वृद्धि भएको, सुन्दर विद्यालय परियोजनामार्फत विद्यालयहरूको भौतिक तथा वातावरणीय अवस्थामा सुधार भएर विद्यालयहरू स्वच्छ, सफा र हरियाली हुँदै जानुलाई विभागले प्रगति मानेको छ।

त्यस्तै दिवा खाजा तथा छात्राका लागि सेनिटरी प्याड वितरण गरेपछि विद्यार्थीहरूको उपस्थिति संख्या बढेको, कक्षाहरू सूचना प्रविधिमा आधारित हुँदै गएको, प्राविधिक धारमा अध्ययन गर्न चाहनेहरूका लागि विद्यालय स्तरबाटै पहुँच पुगेको विभागले जनाएको छ। नियमानुसार संस्थागत विद्यालयहरूले प्रदान गर्नु पर्ने छात्रवृत्ति पूर्ण कार्यान्वयन यस वर्षका मुख्य उपलब्धि रहेको विभागले जनाएको छ।

महानगरपालिकाभित्र आधारभूत विद्यालय २६ वटा, माध्यमिक विद्यालय ५८ वटा, विशेष विद्यालय ४ वटा, वैकल्पिक विद्यालय २३ वटा, धार्मिक विद्यालय ११ वटा, सामुदायिक सिकाइ केन्द्र २८ वटा, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्थाहरू ७८४ वटा छन्।

प्रारम्भिक बाल विकास केन्द्रमा ५ हजार ३३२ जना विद्यार्थीले अध्ययन गरे। आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म १६ हजार ५५२ जना र कक्षा ६ देखि ८ सम्म १४ हजार २१३ जना विद्यार्थीले अध्ययन गरे। माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा १२ हजार ८९६ जनाले र कक्षा ११ र १२ मा १२ हजार ६४० जना र स्रोत कक्षामा ४५५ जना विद्यार्थीले अध्ययन गरे।

यस वर्ष सामुदायिक विद्यालयहरूमा ६२ हजार ८८ जना र संस्थागत विद्यालयहरूमा २ लाख २१ हजार ६४४ जना गरी २ लाख ८३ हजार ७३२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन्।

कति छन् जनशक्ति ?

महानगरपालिका शिक्षा विभागका अनुसार महानगरपालिकाभित्र २०९ जना सहजकर्ता, ८७ जना आया, ८७ जना विद्यालय सहयोगी, ५८ जना विद्यालय सहायक कर्मचारी, ७०५ जना प्राथमिक शिक्षक, ४३७ जना निम्न माध्यमिक शिक्षक छन्।

त्यस्तै, माध्यमिक तह कक्षा ९ र १० का लागि ४०५ जना, कक्षा ११ र १२ का लागि ४३ जना, प्राविधिक धारका प्रशिक्षक ९९ जना, भाषा सहायक १७३ जना गरी २ हजार ३०३ जना जनशक्ति छन्।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP