Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एमालेको उपमहासचिवमा दोहरिन खोजेका विष्णु रिमाल पराजित

काठमाडौं : नेकपा एमालेको उपमहासचिवमा दोहरिन खोजेका विष्णु रिमाल पराजित भएका छन्।

एमालेको विधान अनुसार ३ जना उपमहासचिवमा निर्वाचित हुने व्यवस्था छ। त्यसमा अध्यक्ष ओलीले आफ्नो प्यानलबाट रिमालसहित लेखराज भट्ट र रघुवीर महासेठलाई उम्मेदवार बनाएका थिए।

भट्ट र महासेठ जित्दा रिमाल भने हार्न पुगे।

उपमहसचिवमा सबैभन्दा धेरै मत ल्याएका भट्टले १४ सय ५२ मत ल्याउँदा महासेठले १३ सय ६८ मत ल्याए। १३ सय ४८ मतका साथ तेस्रो स्थानमा रहँदै योगेश भट्टराईले उपमहासचिवमा बाजी मारे। यसअघि उनी सचिव थिए।

ओलीका अति निकटमध्येका एक रिमालले १ हजार ९१ मत ल्याएर पराजित भए।

ओलीका अर्का निकट नेता महेश बस्नेत भने सचिव पदमा सर्वाधिक मत ल्याएर विजयी भएका छन्।

९ जना सचिव रहने व्यवस्थामा सर्वाधिक १ हजार ५ सय ४४ मत ल्याएर उनी विजयी भएका हुन्। सचिवमा पद्मा अर्याल, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, हिक्मत कुमार कार्की, राजन भट्टराई, खगराज अधिकारी र छविलाल विश्वकर्मा पनि निर्वाचित भएका छन्।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP