जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले दुईदिने मौद्रिक नीति बैठकपछि आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार बिन्दुले बढाएर ०.७५ प्रतिशत पुर्याएको छ । जुन तीन दशकयताकै उच्च स्तर हो । यो वृद्धि जनवरीयताको पहिलो हो ।
प्रधानमन्त्री सानाए ताकाइचीको प्रशासनअन्तर्गत पनि पहिलो हो । जो आक्रामक राजकोषीय नीति र मौद्रिक सहजताका पक्षधर हुन् । यो कदम केन्द्रीय बैंकको मौद्रिक सामान्यीकरण तर्फको पछिल्लो प्रयासको हिस्सा हो ।
जसअन्तर्गत बीओजेले सन् २०२४ मार्चमा नकारात्मक ब्याजदर नीति समाप्त गरेको थियो । केन्द्रीय बैंकले सन् २०२४ जुलाई र जनवरीमा पनि नीति ब्याजदर बढाएको थियो ।
ताकाइची सत्तामा आएयता जापानको राजकोषीय स्वास्थ्य थप बिग्रने चिन्ताका कारण येन मुद्रा तीब्र रूपमा अवमूल्यन भएको छ । जसले मुद्रा र सरकारी ऋणपत्रहरूको बिक्रीलाई प्रोत्साहन गरेको छ । जापानमा निरन्तर मुद्रास्फीति र नकारात्मक वास्तविक ब्याजदर कायम रहेकाले थप ब्याजदर वृद्धिको बजार अपेक्षा बढेको छ । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया