काठमाडाैं : नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले विगतमा खेलेकाे आफूहरूकाे भूमिकाकाे मूल्यांकन गरेर पुन: एकपटक माैका दिन आग्रह गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूहरू इमानदारीताका साथ अघि बढेको र अब एक पटक मौका पाउनुपर्ने बताए।
अध्यक्ष नेपालले भने, ‘हामीलाई एक पटक तपाईंले मौका दिनुपर्ने हुन्छ। हामीले आजसम्म इमानदारीताको राजनीति, देशभक्तिको भावनालाई, देश प्रेमको भावना र सेवाको भावनालाई केन्द्रमा राखेर भूमिका खेल्दै पनि आएका छौं।’
पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीका नेताहरूले लेखेको भूमिकाको मूल्यांकन गर्न पनि उनले आग्रह गरे। ‘देशमा गणतन्त्र ल्याउने कुराको सन्दर्भमा होस्, त्यसअघि निर्दलीय भूमिका फाल्ने सन्दर्भ, संविधान ल्याउने सन्दर्भ, लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने सन्दर्भ, या देशको विकास गर्ने योजनालाई अघि बढाउने सन्दर्भमा होस् हामी चुनौतीको साथ भन्छौँ, हामीले खेलेको भूमिकाको एक एक मूल्यांकन गर्नुस्’, उनले भने, ‘राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहुन्छ भने हामी स्वीकार गर्न पनि तयार छौं।’ थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया