Trending
समाज सार्वजनिक स्थानमा धुम्रपान गर्न ‘स्मोकिङ जोन’ बनाउनुपर्ने माग राजनीति हस्तक्षेप र अपरेशनविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घाेषणा अन्तर्राष्ट्रिय भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु flash नेपालमा हरेक महिना मोबाइलको आयात बढ्दै खेल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार चार खेल समाज गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु flash प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल flash मिश्रले दिए जनजागृतिका ६० विद्यार्थीलाई न्यानो कपडा अन्तर्राष्ट्रिय क्याम्बोडिया–थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा flash जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था

बालेनलाई प्रधानमन्त्री बनाउने चरणमा पुगिसकेका छैनौं : रवि

 

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ र वैकल्पिक भनिएका शक्तिहरूसँग सहकार्यका लागि छलफल सुरु भएको बताएका छन्।

तारिख बुझ्न मंगलबार चितवन पुगेका लामिछानेले त्यसैको प्रयास स्वरूप काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग सोमबार छलफल भएको पनि बताए।

‘नयाँ र वैकल्पिक भनिएका शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने प्रयासस्वरुप हामी लागिरहेका छौँ। यसलाई अब टुंगोमा पुग्ने गरी संवाद सुरु भएको छ’ उनले भने ।

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो? भन्ने प्रश्नमा लामिछानेले भने, ‘हामी त्यसचरणमा प्रवेश गरेका छैनौँ। पहिला त एक अर्काको परिस्थिति बुझ्नुपर्यो, जानकारी लिन पर्‍यो।’ उनले यस विषयमा अहिले नै हतार गर्न नहुने पनि बताए।

‘हामी दुई जना मात्रै बसेर गरेको संवादमा जसलाई जे स्वाद लाग्छ त्यही भनिदिन त भएन नि।’ उनले थपे।

उनले नयाँ शक्तिहरूलाई एकत्रित गर्ने सन्दर्भमा सुधन गुरुङ र ऊर्जा मन्त्री कुलमान घिसिङलगायतसँग पनि छलफल गर्ने बताए।​  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP