नेपाली कांग्रेसका ६५ सांसदसहित ६८ सांसदले दायर गरेको रिटमा आज सुनवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनवाइ गर्नेछ ।
कांग्रेसका सात सांसदहरूले यसअघि दायर गरेको रिटमा आफूलाई सरोकारवाला पक्ष दाबी गर्दै समावेश गरियोस् भनेर थप सांसदको निवेदन परेको हो । यसमा कांग्रेसका ६५ र एक स्वतन्त्रसहित ६८ सांसदहरूको हस्ताक्षर छ ।
आजको इजलासले सरोकारवाला पक्ष स्वीकार गरियोस् भन्दै परेको निवेदन अनुमोदन गरेसँगै यी सांसदहरूको निवेदन कांग्रेसको रिटको पक्ष बन्नेछन् ।
नेकपा एमालेका तर्फबाट दायर रिटमा निर्णय र ७५ सांसदको हस्ताक्षर समाविष्ट छ । आजको निवेदन कांग्रेसको रिटको अंग बनेसँगै सर्वोच्चमा संसद् पुनःस्थापना गरियोस् भन्ने सांसदहरूको संख्या १४३ पुग्नेछ । जुन सरकार गठनका लागि पर्याप्त अंकगणित हो ।
२५५ सदस्य रहेको प्रतिनिधिसभामा बहुमतका लागि १३८ आवश्यक हुन्छ ।
गत मंसिर २२ मा कांग्रेसका विगठित संसद्का प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा सात सांसदले रिट तयार गरेका छन् । उक्त रिटसहित अहिलेका सांसदहरूको निवेदनको कानुनी व्यवस्थापनको पाटो पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीले जिम्मा दिएका छन् । उनले मंगलबार पेस गरेको निवेदनमा सर्वोच्चले आजको पेसी दिएको हो । वैखरी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया