काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १२४ औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गर्ने निर्णय गरेको छ।
गत कात्तिकमा भएको राखेपको पछिल्लो बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको थियो।
युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा बसेको बैठकले १० औँ राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल सङ्ख्या र खेलाडी सङ्ख्या तोक्ने सम्बन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमलाई पत्राचार गर्ने निर्णय गरेकोे छ । यसै गरी परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आयव्यय पास गरेको छ।
अन्तर्राष्ट्रिय खेलकुदपरिसर सातदोबाटोमा ‘जेनजी सहिद स्मृति पार्क निर्माण गर्ने र त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णय भएको छ।
सो बोर्ड बैठकले सन् २०२६ मा जापानको आइची नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय गरेको छ। गत असोजमै आइची नागोया एसियाडका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ४३४ खेलाडीको दर्ता गरेको थियो।
एसियाड सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुँदै छ। एनओसीले दर्ता गरे अनुरूप आगामी एसियाडमा नेपाल ३२ खेलमा सहभागी हुने छ।
बैठकमा परिषद्का उपाध्यक्ष धु्रव आचार्य, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, सदस्यसचिव रामचरित्र मेहतालगायतकाे सहभागिता रहेको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया