Trending
समाज सार्वजनिक स्थानमा धुम्रपान गर्न ‘स्मोकिङ जोन’ बनाउनुपर्ने माग राजनीति हस्तक्षेप र अपरेशनविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घाेषणा अन्तर्राष्ट्रिय भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु flash नेपालमा हरेक महिना मोबाइलको आयात बढ्दै खेल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार चार खेल समाज गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु flash प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल flash मिश्रले दिए जनजागृतिका ६० विद्यार्थीलाई न्यानो कपडा अन्तर्राष्ट्रिय क्याम्बोडिया–थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा flash जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था

संगम आमा समुहलाई नाैमती पञ्चे बाजा तालिम, साँस्कृतिक कला संरक्षणमा जाेड

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १० पाैष ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-४, त्रिपालनगरमा सञ्चालित १ महिने नाैमती पञ्चे बाजा तालिमकाे समापन भएको छ । त्रिपालनगरमा रहेकाे संगम आमा समूहमा आबद्ध महिलाहरुका लागि नाैमती पञ्चे बाजा तालिम सुरु गरिएको थियोे ।

संगम आमा समूहकाे आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा साे तालिम सञ्चालन गरिएको थियोे । समुदायबाट लाेप हुँदै गएकाे परम्परागत साँस्कृतिक कलाकाे संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने उद्देश्यले नाैमती पञ्चे बाजा बजाउन सिक्ने तालिममा आबद्ध सिकारुहरुकाे भनाई छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले परम्परागत साँस्कृतिक धरोहर जोगाउँदै लोक बाजा सिकाई र संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । उनलेे आमा समूहका महिलालाई व्यावसायिक हिसाबले अगाडी बढ्नुपर्नेमा जाेड दिए ।

अहिले पञ्चे बाजा लाेकप्रिय हुँदै गएकाे बताउँदै चाँसाे दिई यसमा लाग्नुपर्ने अध्यक्ष थापाले जिकिर गरे । पञ्चे बाजाकाे माग पनि बढ्दै गएको हुँदा समाजमा विद्यामान रहेका विकृति, विसंगति हट्नुकाे साथै आयआर्जनकाे पाटाे समेत बलियो हुने उनको भनाई छ ।

यस्तै संगम आमा समूहकी अध्यक्ष भूमा देवी बस्यालले समुदायमा साँस्कृतिक कला जगेर्ना तथा महिलाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले १ महिने पञ्चे बाजा तालिम प्रदान गरिएको बताइन् ।

तालिमले स्थानीय समुदायमा साङ्गीतिक कौशल वृद्धि गर्ने विश्वास व्यक्त गर्दै यसले नेपाली समुदायमा आफ्नो पहिचान कायम गर्दै बाह्य विकृतिलाई न्यूनीकरणमा मद्दत पुग्ने उनको भनाई छ ।

कार्यक्रमलाई ४ का वडा अध्यक्ष तिलकराम कँडेल, कार्यपालिक सदस्य टंक बहादुर सुनार, समाजसेवी शान्ति राेका, सरिता पाण्डे लगायतले सम्बाेधन गरेका थिए ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP