Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आगलागी हुँदा करिब ४० जनाको मृत्यु

स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट सहर क्रान्स–मोन्टानामा नयाँ वर्ष मनाइरहेका बेला एक भीडभाड भएको बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ।

यस दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमा धेरैको अवस्था गम्भीर छ। आगलागी बिहीबार बिहान करिब १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा भएको हो। आगो फैलिएपछि मानिसहरूले ज्यान बचाउन झ्याल फुटाएर बाहिर निस्कने प्रयास गरेका थिए।

वालिस क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरका अनुसार हालसम्म करिब ४० जनाको मृत्यु र ११५ जना घाइते भएको पुष्टि भएको छ। इटालीका स्विट्जरल्यान्डस्थित राजदूतले मृतक सङ्ख्या ४७ पुगेको बताउनुभएको छ, तर स्विस प्रहरीले अन्तिम सङ्ख्या अझै पुष्टि गर्न बाँकी रहेको जनाएको छ।

स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनले यस घटनालाई देशले भोगेको अत्यन्तै दुःखद र गम्भीर त्रासदी भएको बताएका छन् । उनले पाँच दिनसम्म राष्ट्रिय झण्डा अर्धझुकाइने घोषणा गरे।

प्रारम्भिक अनुसन्धान अनुसार आगलागी कुनै आक्रमणका कारण नभएको प्रहरीले जनाएको छ। केही साक्षीका अनुसार शैम्पेनका बोतलमा प्रयोग गरिएका स्पार्कलर छत नजिक पुगेपछि आगो सल्किएको हुनसक्छ।

घाइतेहरूलाई स्विट्जरल्यान्डका विभिन्न अस्पताल तथा छिमेकी देशहरूका विशेष उपचार केन्द्रमा सारिएको छ। घटनामा विदेशी नागरिकहरू पनि परेको आशङ्का गरिएको छ।

पीडित र उनीहरूका परिवारका लागि सहायता केन्द्र खोलिएको छ। धेरै परिवार अझै आफ्ना आफन्तको खोजीमा रहेका छन्।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP