Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं २ बाट उम्मेदवारी दिने घोषणा

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्ताे घाेषणाा गरेकी हुन्।

पाखेरेलले काठमाडौं २ बाट निर्वाचित प्रतिनिधि प्रधानमन्त्री र राष्ट्रपति जस्ता उच्च पदमा पुगेको भएपनि अपेक्षित विकास हुन नसेको बताइन्। उनले उक्त क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले स्थानीयका समस्याहरु संसदमा प्रभावकारी रूपमा उठाउन नसकेको आरोप पनि लगाइन्।

पाेखरेलले यस क्षेत्रमा रहेको खानेपानी र सडकको समस्या समाधान गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको पनि सुनाइन्। उनले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने तथा सानो आम्दानीका लागि विदेश जान बाध्य नहुनुपर्ने नागरिकको चाहना रहेको बताउँदै आफू निर्वाचित भए सोहीअनुसार अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

नेतृ पाेखरेल भन्छिन्, ‘प्रधानमन्त्री पनि यो क्षेत्रले पायो, राष्ट्रपति पनि यो क्षेत्रले पायो । तर विकास केही पनि भएन । यहाँका जनताबाट चुनिएर गएका प्रतिनिधिहरुले यहाँका समस्याबारे संसदमा आवाज उठाएको पनि पाइँदैन । यहाँ खाने पानीको समस्या छ, बाटोको मसस्या छ । अझ साँखुतिर तर एम्बुलेन्स जाने बाटो पनि छैन । नागरिकले शिक्षा, स्वास्थ्य निःशुल्क होस् । र ३०–४० हजारको लागि विदेश जान नपरोस् भन्ने मात्रै त चाहेका हुन् नि!’

उनले महिलालाई उद्यमशीलता तालिम दिने कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै निर्वाचनमा पराजय भए पनि नागरिकसँग गरेका प्रतिबद्धता पूरा गर्दै आएको दाबी पनि गरिन्।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP