Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

संस्थापन पक्षका २५ केन्द्रीय सदस्य र शेखर कोइरालाबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ ।

पाँच दिनअघि सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको उक्त समूहले मंगलबार बिहान इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालासँग छलफल गरेको हो ।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरू भएको छलफल दुई घण्टासम्म चलेको नेताहरूले जानकारी दिएका छन् ।

केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादको व्यवस्थापनका लागि मध्यमार्गी निकास निकाल्नेबारे कोइरालासँग आफूहरूले छलफल गरेको जानकारी दिए ।

‘मध्यमार्गी लाइनबाट डा. शेखरसँग छलफल भयो । अहिले जुन किसिमको विशेष गर्ने र नगर्ने बीचको टसल आएको छ, त्यसलाई व्यवस्थापन गर्ने र मध्यमार्गी बाटो निकाल्ने बारे छलफल गरिरहेका छौं’, उनले भने ।

नेता शेर्पाले विवाद समाधानको मोडालिटीबारे पनि छलफल चलिरहेको बताए । तर, उनले मोडालिटीबारे विस्तृत बताउन चाहेनन् । ‘मोडालिटीबारे अहिले त नभनौं । दुई–तीनवटा मोडालिटी आएको छ’, शेर्पाले भने, ‘त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छ । ठोस रूपमा आइसकेपछि हामी भन्छौं । अहिले छलफलमै छौं ।’

मोडालिटी तयार भइसकेपछि सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू र विशेष महाधिवशेनका लागि हस्ताक्षर अभियान चलाएको समूहसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रयास आफूहरूको रहेको शेर्पाको भनाइ छ ।

‘मोडालिटीका बारेमा छलफल भइराखेको छ । मोडालिटी तयार गरिसकेपछि हामी सभापतिजी, कार्यवाहक सभापति र महामन्त्रीहरू र विशेष महाधिवेशन पक्षधरसँग राखेर एउटा निष्कर्षमा पुग्ने कोसिस गरिरहेका छौं’, उनले भने ।

सभापति देउवालाई १८ पुसमा भेटेको उक्त समूहले सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो । २५ जनाको यो समूह १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो ।   अनलाइनखबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP