Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आईसीसीले बंगलादेशको खेल तालिका परिवर्तन गर्न अस्वीकार

आगामी फेब्रुअरी ७ मा शुरु हुने टी-२० विश्वकप क्रिकेटका खेल भारतमा खेल्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी र बंगलादेश क्रिकेट बोर्डबीचको विवाद गम्भीर मोडमा पुगेको छ।
बुधबार भएको उच्चस्तरीय छलफलपछि आईसीसीले बंगलादेशको खेल तालिका परिवर्तन गर्न अस्वीकार गरिदिएको छ।

आईसीसीले भारतमा सुरक्षाको कुनै समस्या नरहेको दाबी गर्दै बंगलादेशलाई निर्धारित तालिका अनुसार नै खेल्न निर्देशन दिएको छ। यदि बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेमा उनीहरुले पाउने अंक काटिने र विपक्षी टोलीलाई विजयी घोषणा गरिने चेतावनी आईसीसीले दिएको छ ।

यता, बंगलादेश सरकार र क्रिकेट बोर्डले भने आफ्नो अडान कायमै राखेका छन्। ढाकामा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशी अधिकारीहरूले आफ्ना खेलाडी र समर्थकको सुरक्षामा सम्झौता नगर्ने बताएका छन्। उनीहरूले श्रीलंकामा खेल सार्नका लागि पुनः दबाब दिने बताएका छन् ।

यो विवादको मुख्य कारण आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई हटाइनु र दुई देशबीच बढ्दो राजनीतिक तनावलाई मानिएको छ । बंगलादेशले भारतको कोलकाता र मुम्बईमा गरी चार खेल खेल्ने तालिका छ, जसमा नेपालसँगको खेल पनि समावेश छ । वैखरी  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP